लामो बहसपछि अन्ततस् काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इ’जलासबाट बिहीबार साँझ कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौ’टीमा रि’हा गर्ने आदेश हुँदा घाम अस्ताइसकेको थियो ।
आदेश आउने बित्तिकै प्रहरीले अपूर्वको हातमा रहेको हत’कडी खोलिदियो भने उनका आफन्त र शुभचिन्तक पैसा जोहो गर्न निस्किए । उनका कानुन व्यवसायी अधिवक्ता शान्तिराम खतिवडाले हतार–हतार अदालत प्रशासनबाट आदेशको एक प्रति निकाले र रि’हाइको प्रक्रिया टुंग्याए ।
लामो प्रक्रियापछि धरौ’टीमा छुटेका अपूर्वको मुहारमा भने हाँसो थिएन । इजलासबाहिरको एउटा कुनामा बसेका उनका आँखा आँसुले भिजेका थिए, बोलीमा कम्पन । आफ्नो कमेडीलाई गलत बुझिएकामा र भिडियो डिलिट गरेर मा’फी मागिसकेको अवस्थामा राज्यले गरेको क्रू’र व्यवहारका कारण उनको मन कुँडिएको छ ।
भन्छन्, ‘मलाई यो सहर असुरक्षित लाग्न थालेको छ तर पनि यहीँ बस्छु । बोल्न डर लाग्न थालेको छ तर पनि हिम्मत हारेको छैन । कुनै दिन फेरि कमेडी गर्नेछु ।’
हत’कडीसहित अदालत ल्याइएका अपूर्वको पक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बहस गरेका थिए । उनको विपक्षमा सहायक जिल्ला न्यायाधिवक्ता भक्ति उपाध्याय र जाहेरवाला १०२ जना अभियन्ताका तर्फबाट अधिवक्ताहरू जुजुकाजी महर्जन, नरेश श्रेष्ठ, युद्धमान महर्जन, सुनील महर्जन र राजु शाक्यले बहस गरेका थिए ।
अपूर्वबाट नेवारी परम्पराको अ’पमान भएको र जा’तीय सद्भावनामा ख’लल पुगेको भन्दै उनलाई हदैसम्म का’रबाही हुनुपर्ने र थु’नामै राखेर मु’द्दाको प्रक्रिया अघि बढाइनुपर्ने अडान उनीहरूले पटक–पटक राखे ।
मा’फी मागिसकेपछि पनि सामान्य कमेडी गरेबापत मु’द्दा चलाउनु आफैंमा अशो’भनीय हुँदाहुँदै थु’नामा राखेर बहस गर्न त झनै नहुने भन्दै उनका अधिवक्ताद्वय खतिवडा र त्रिपाठीले अपूर्वलाई सामान्य ता’रिखमा छाड्नुपर्ने जि’किर गरेका थिए ।
न्यायाधीश मैनालीले ‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रति’वादी अपूर्व क्षितिज नि’र्दोष भन्न नमिल्ने भए तापनि पछि ठ’हरेबमोजिम हुने गरी’ भन्दै दुई लाख पचास हजार ध’रौटीमा हि’रासतबाट मुक्त गर्ने निर्णय सुनाए । कान्तिपुर दैनिकमा खबर छ ।