एमआरआर (मेन्स रूम रिलोडेड) ग्रुप डिएक्टिभेट भएको छ । मार्क जुुर्करबर्ग मालिक रहेको फेसबुक सञ्चालक संस्था मेटाले उक्त गुु्रप हटाएको हो ।
एमआरआरलाई युवाहरूको ठूलो संख्याले फलो गरेको छ। कम्युनिटी गाइडलाइन्स भ्वाइलेसन गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निष्कृय बनाइदिएको हो।
फेसबुकले आफूहरूको ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भ्वा’इलेसन गरेको आ’रोपमा निष्कृय गरेको उक्त ग्रुप सञ्चालकले पोस्ट गरेर जानकारी गराएका छन्।
‘फेसबुकले हाम्रो ग्रुप एमआरआरलाई फेरि पनि कम्युनिटी गाइडलाइन्स भ्वाइलेसन गरेको आरोपमा निष्कृय गरेको छ,’ एमआरआरकै पोस्टमा उल्लेख छ, ‘निष्कृय गरेको भने पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोस्ट छैन पनि भनिएको छ।’
यो ग्रुप सन् २०२० मा पनि कारबा’हीमा परेको थियो। त्यसपछि आफूहरूले त्यस्ता विषयमा नि’गरानी गरिरहेको उक्त पोस्ट गर्ने एडमिनले दाबी गर्दै उल्लेख गरेका छन्। रिभ्यु रेक्वे रिक्वेष्टलाई पनि फेसबुकबाट वेवास्ता गरिएको एडमिनले गरेको पोस्टमा उल्लेख छ।
निर्वाचन आयोगको पहलमा एमआरआर मेटाले निस्क्रिय बनाएको खुुलेको छ । एमआरआरले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई प्रभावित पार्ने आंकलनसहित आयोगले मेटाका नेपालस्थित प्रतिनिधिहरूसँग एमआरआर बन्द गर्ने विषयमा केही दिनअघि छलफल गरेको थियो ।
युवापुस्ता माझ चर्चित रहेको एमआरआर गत स्थानीय निर्वाचनताका राजनीतिक रूपमा सक्रिय थियो । काठमाडौँका मेयर बालेन शाहलाई जिताउन अग्रसर रहेको एमआरआरले अहिले पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रभावित पार्न सक्ने भ’य आयोगलाई थियो ।