नागरिक पत्र- निर्वाचन आयोगको पहलमा मेन्स रुम रिलोडेड (एमआरआर) मेटाले हटाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई प्रभावित पार्ने काम नगर्न आयोगले आग्रह गरेको छ ।
यहीबीच, आयोगले मेटाका नेपालस्थित प्रतिनिधिहरूसँग एमआरआर बन्द गर्ने विषयमा केही दिनअघि छलफल गरेको स्रोतले जनाएको छ । युवापुस्ता माझ चर्चित रहेको एमआरआर गत स्थानीय निर्वाचनताका राजनीतिक रूपमा सक्रिय थियो ।
काठमाडौँका मेयर बालेन शाहलाई जिताउन अग्रसर रहेको एमआरआरले अहिले पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रभावित पार्न सक्ने भ’य आयोगलाई थियो ।
फेसबुकले भने आफ्नो कम्युनिटी गाइडलाइनस् उलङ्घ’न गरेको भन्दै ग्रुुप हटाएको छ । उक्त स्थानीय तह निर्वाचनमा बालेन शाहको पक्षमा खुलेर लागेको सो ग्रुुपले पछिल्लो समय राजनीतिक सामाग्रीलाई प्राथमिकता दिँदै आएका थिए।
सो ग्रुुपको एडमिनले फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्सले निष्क्रिय बनाएको र रिभ्यु रिक्वेस्ट बेवास्ता गरिएको दाबी गरेका छन्। पछिल्लो समय रुटिन अफ नेपाल बन्द पनि राजनीतिक गतिविधि केन्द्रित बनेको छ।
उक्त पेजमा पनि फेसबुुकले निगरानी राखेको स्रोतले नागरिक पत्रलाई जानकारी दियो । । पेडपोस्टसँगै उसले उम्मेदवार केन्द्रित सामाग्री राख्ने गरेको कारण निर्वाचन आयोगको पनि पेजमा ध्यानाकर्षण भएको छ ।