गत साता गृह मन्त्रालयले ४६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गर्यो । सरुवासम्बन्धी नयाँ कार्यविधि जारी गरेलगत्तै त्यसैबमोजिम गृहले सिडिओ हेरफेर गरेको थियो ।
कार्यविधिमा सिडिओको कार्यसम्पादन मूल्यांकन, छविलगायत पनि हेरिने उल्लेख थियो । तर, सरुवाको सूचीमा केही यस्ता व्यक्ति पनि थिए, जसमाथि भ्रष्टाचारको गम्भीर आरोप विचाराधीन थियो । ग’म्भीर उ’जुरी रहेको खुलेपछि गृह मन्त्रालयले ती सिडिओको सरुवा नै रद्द गरेको छ ।
घटना सिराहाका सिडिओ लालबाबु कवारीको हो । उनलाई सिराहाबाट गोरखाको सिडिओमा सरुवा गरिएको थियो । तर, रमाना लिन नपाउँदै गृह प्रशासनले बुधबार उनको सरुवा रद्द गरिदिएको छ । उनलाई हाल काजमा गृह मन्त्रालय तानिएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार करिब ५० लाख घुसको बार्गेनिङ गरेको अडियो–भिडियोमाथि छानबिन चलिरहेको छ । हाल कार्यरत रहेकै जिल्ला सिराहामा जग्गासम्बन्धीको विषयमा बि’चौलियामार्फत घु’स बार्गे’निङ गरेको आरो’प उनीमाथि लागेको छ । सोही कारण उनको सरुवा रद्द गरिएको गृह मन्त्रालय स्रोत बताउँछ । -नयाँ पत्रिका