मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ ।
जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयुकेएलले जनाएको छ । केयुकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिए ।
उनले भने, “पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौँ । सडक विभागसँग स्वीकृति लिएका छौँ । अब थप स्थानमा मर्मत गर्नेछौँ ।” मेलम्चीको पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
कुन अवस्थामा हट्लान् ओली ? ओलीकै नेतृत्वमा चुनावमा जान नहुने पक्षमा माओवादी मात्र होइन, कांग्रेस र जसपाका नेताहरुसमेत छन् । सत्ताका सबै अवयवहरु नियन्त्रणमा लिई ओलीले निष्पक्ष निर्वाचन गराउनेमा अन्य दलका नेताहरुलाई आशंका छ । जसपाका एक नेताका अनुसार निर्वाचनमा पनि जाने र ओलीलाई पनि हटाउन सकिने विकल्प संविधानको धारा ७६ (५) मा पुगेपछि रहन्छ ।
उनका अनुसार अल्पमतले सरकार बनाउने ठाउँसम्म ओलीलाई साथ दिनुपर्छ । अल्पमतले सरकारले विश्वासको मत नपाउनासाथ सरकार निर्माणका लागि संविधानको धारा ७६ (५) आर्कषित हुन्छ । त्यतिबेला तीन दल मिलेपछि ओलीलाई हटाउन र निर्वाचनमा जान पनि सकिन्छ । यो समाचार आजकोकान्तिपुर दैनिकमा छ ।