बालबालिकाको तथ्याङ्क संकलन तथा दु’रुप’योग गरेको आ’रोपमा अहिले टिकटकले अर्को कानूनी चुनौतीको सामना गर्नुपरेको छ । इङल्याण्डको बालबालिका आयोगकी पूर्वआयुक्त एन्नी लङफिल्डले टिकटकमाथि त्यस्तो आरोप लगाउँदै रिट दायर गरेकी हुन् ।
बेलायत तथा यूरोपेली युनियन क्षेत्रका लाखौं बालबालिकाकाे डेटा दु’रुप’योगको हवाला दिँदै सम्बन्धित मुलुक र क्षेत्रमा लङफिल्डले मु’द्दा दायर गरेकी हुन् । यदि सो मुद्दामा टिकटकको हा’र हुने हो भने प्रभावित बालबालिकाहरुले हजारौं पाउण्ड क्षतिपूर्ति पाउने बताइएको छ । टिकटकले उक्त आरोप निराधार रहेको भन्दै त्यसको प्रतिवादमा आफू लड्ने बताएको छ ।
बालबालिकाहरुको व्यक्तिगत जानकारीहरु जस्तै फोन नम्बर, भिडियो, लोकेसन तथा बायोमेट्रिक डेटा पर्याप्त जानकारी, पारदर्शिता र आवश्यक सहमतिबिनै संकलन गर्ने गरेको आ’रोप टिकटकमाथि छ । तर त्यसको प्रतिक्रियामा भिडियो शेयरिङ एप टिकटकले गोपनीयता र सुरक्षा सधैं आफ्नो शीर्षस्थ प्राथमिकतामा रहेको बताएको छ ।
साथै कम्पनीले आफ्ना प्रयोगकर्ताहरु विशेषगरी युवाहरुलाई ध्यानमा राखेर उनीहरुको हित र गोपनीयता सुरक्षाका लागि बलियो नीति, प्रक्रिया तथा प्रविधि आफूसँग रहेको बताएको छ । २५ मे २०१८ देखि टिकटकको प्रयोग गर्ने बालबालिकाको हितमा पूर्वआयुक्त लङफिल्डले सो मु’द्दा दायर गरेकी हुन् ।