पछिल्लाे समय एन्ड्रोइड फोनमा टेक्स्ट म्यासेजको रुपमा ‘स्क्याम’ फैलिन थालेकाे छ । यो स्क्याम पहिलो चरणमा बेलायतबाट सुरु भएर विस्तारै विश्वव्यापी फैलिरहेकाे छ ।
यसलाई ‘फुलबुट माल्वयेर एसएमएस अट्याक’ भनी नामाकरण गरिएको छ । अनुसन्धानकर्मीका अनुसार यस्ताे म्यासेज प्याकेज डेलिभरी फर्मको अनलाइन डेलिभरीको विषयको रुपमा आउने गरेकाे छ । यसमा तपाईंलाई सामान कहाँ आइपुग्यो र ट्रयाक गर्नका लागि तुरुन्तै यहाँ क्लिक गर्नुहोस् भनिएको हुनेछ ।
तर, उक्त म्यासेज कुनै गिफ्ट, अनलाइन सामानको डेलिभरी नभएर मेलिसियस स्क्याम भएको जनाइएको छ । यसको सहायताबाट ह्या’करले तपाईंको डिभासमा रहेका महत्वपूर्ण डेटा संकलन गर्नसक्ने जनाइएको छ । त्यसैले यसबाट बच्न विभिन्न दूरुसञ्चार सेवाप्रदायकले आग्रह गरेका छन् ।