को’रोना भाइ’रस सं’क्रमण नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी रहेकैबीच आइतबार राति भक्तपुरमा सवारी दुर्घ’टना भएको छ । टिफरले ठक्कर दिँदा स्कुटर चालकको ज्या’न गएको हो । महानगरीय प्र’हरी परिसर भक्तपुरका अनुसार आइतबार राति जिल्लाको सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक लु २ ख ४५८८ नम्बरको टिपरले बागमती प्रदेश ०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठ’क्कर दिएको थियो ।
अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आइरहेको स्कुटरलाई ठ’क्कर दिँदा घा’इते भएका चालक सूर्यविनायक नपा ८ सिपाडोल जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृ’त्यु भएको परिसरका प्रवक्ता प्र’हरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार टिपरको ठ’क्करबाट ग’म्भीर घा’इते भएका राजारामलाई उपचारको लागि सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अ’स्पताल लगिएको थियो । इवामुरा अ’स्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका आइतबार राती नै काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अ’स्पताल रिफर गरिएको थियो ।
त्यहीं उपचारकै क्रममा सोमबार बिहान सम्बन्धित चिकित्सकले मृ’त घोषणा गरेको प्र’हरी नायब उपरीक्षक गिरीले जानकारी दिए । प्रहरीले घ’टना गराउने सवारीसाधन र टिपरका चालक लमजुङ्गको बेशीसहर गाउँपालिका ११ घर भइ हाल काभ्रेको बनेपा नपा १३ साँगा बस्ने ३५ वर्षीय टार्जुन गुरुङलाई नियन्त्रणमा लिएका छन् । घ’टनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्र’हरीले जनाएको छ ।