भर्ना नपाएर को’रोना सं’क्रमित स्ट्रेचरमा छटपटिन्छन् । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ । आईसीयू र अक्सिजन नपाएर सं’क्रमितले दिनहुँ ज्या’न गु’माइरहेका छन् । अ’स्पतालमै सं’क्रमित खचाखच भएका बेला थप भर्नाका लागि चौतर्फी दबाब आउँछ ।
जनशक्ति पर्याप्त छैन । भएका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा खटाउनु परिरहेको छ । यस्तै स’मस्यामा गिजोलिए पनि हरसम्भव सं’क्रमितको उपचार गरिरहेको नेपालगन्जको भेरी अ’स्पतालको नेतृत्वमा छन्, डा. प्रकाश थापा । मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. थापा आफैं दिनरात खट्छन् ।
सं’क्रमित भर्नाका लागि बुधबार दिनभर आफैं टेन्ट व्यवस्थापनमा लागेका थिए । को’रोना उपचारको केन्द्र बनेको अ’स्पतालमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमबाट बि’रामी आइरहेका छन् । विषम परिस्थितिमा अ’स्पताल प्रशासन सञ्चालन गर्न र बि’रामीको उपचार कसरी सम्भव भएको छ ? ‘अ’स्पताल आइसकेको बि’रामीलाई घर जानूस् भन्न मिलेन ।
भुइँमा राखेर भए पनि उपचार गरिरहेका छौं । चुनौती धेरै छन् । चुनौतीसँग जुधेरै अगाडि बढ्ने प्रयास गरिरहेका छौं,’ डा. थापाले भने, ‘हामीले गरिरहेको प्रयासमा स्थानीय प्रशासन र अन्य निकायले सहयोग गरिरहेका छन् ।’ बेड नपाएर अ’स्पतालको इमर्जेन्सी अगाडि बि’रामी छटपटिँदा उनी आफैं बेड मिलाउन पुग्छन् । कान्तिपुर दैनिकले अनेक पीडाका बीच स्वास्थ्यकर्मीहरु आँसु लुकाएर उपचारमा तल्लीन रहेको खबर छापेको छ ।