सिन्धुपाल्चोकका कांग्रेस नेता मोहनबहादुर बस्नेतले को’भिडका बि’रामीका लागि जिल्लामा निःशुल्क उपचार केन्द्र निर्माण प्रबन्ध गर्ने भएका छन्। पछि गएर सरुवा रो’ग अ’स्पतालमा रूपान्तरण गर्ने गरी नेता बस्नेतले यसको प्रक्रिया अघि बढाएका छन्।
‘संरचना बन्दै गर्छ, टेन्टबाट उपचार सुरु हुँदै गर्छ’, पूर्वमन्त्री बस्नेतले आफ्नो योजना सुनाउँदै भने, ‘उपचार एक महिनाभित्रै सुरु गर्ने गरी द्रूत काम गर्ने योजनामा छौं।’ जिल्लाको कुन ठाउँमा उक्त केन्द्र बनाउने भन्नेबारे भने अझै तय भएको छैन।
यही साता ठाउँ निर्धारण गरिने उनले जानकारी दिए। उनका अनुसार बस्तीभन्दा टाढा, राजमार्गको नजिक, वन–जंगल भए ठाउँ यसका लागि छानिनेछ। यो काम स्थानीय तह र कतिपय सहयोगीसँगको समन्वयमा पूरा गर्ने उनले लक्ष्य लिएका छन्। सुरुमा सय बेड क्षमताको उपचार केन्द्रमा हरेक बेडमा अक्सिजन व्यवस्था हुनेछ।
‘अक्सिजन सिलिन्डर विदेशबाट झिकाइएको छ’, उनले भने, ‘पछि गएर अक्सिजन प्लान्टसमेत बनाइनेछ।’ यसैबीच उनले जिल्लाभित्र को’भिड र अन्य रो’गका बि’रामीलाई उपचारार्थ स्वास्थ्य संस्थासम्म लैजान आफ्नो एउटा जिप प्रदान गरेका छन्।
‘त्यो सधैंका लागि दिएको हुँ’, बस्नेतले भने, ‘यसका लागि एक वर्षसम्म चालक, मर्मत र इन्धनसमेत उपलब्ध गराउनेछु।’ यस प्रयोजनका लागि छुट्टै सञ्चालक समिति बनाउने र दीर्घकालसम्म सञ्चालनको आर्थिक प्रबन्ध कुनै न कुनै ढंगले मिलाउने उनले बताए। सिन्धुपाल्चोकको बाह्रबिसे–९ राम्चेकी सावित्री तिमिल्सिना चालिसे नेपालकै पहिलो को’रोना सं’क्रमणबाट मृ’त्यु भएका व्यक्ति हुन्।
‘समयमा गाडी र उपचार व्यवस्था नपाएर उनको नि’धन भएको थियो’, बस्नेतले भने। उनको ९ दिनको नवजात शिशुलाई पौस्टिक आहार व्यवस्था गर्न उनले धुलिखेल अस्पताल गएर १ लाख रपैयाँ अभिभावकलाई प्रदान गरेका थिए। ती बालकको पठन–पाठन र भविष्यमा रोजगारीको अभिभारा पनि नेता बस्नेतले लिएका छन्। अन्नपुर्ण पोस्टमा खबर छ।