आज विश्वभर अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन एण्ड इन्फरमेसन सोसाइटी (डब्लूटीआईएसडी) दिवस मनाइँदैछ । नेपालमा समेत नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यो दिवस मनाउने भएको छ । भर्चुअल रुपमा एक कार्यक्रम गरी यो दिवस मनाउन लागिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
कार्यक्रमको मूल विषय ‘परिवर्तित समयमा नेपालको डिजिटल रुपान्तरण’ रहने छ । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, सचिव हरि बस्याल र प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालको मन्तव्य रहनेछ । त्यस्तै दूरसञ्चार नीति विज्ञ मनोहर भट्टराईको कार्यपत्रसँगै प्यानल छलफल समेत हुने बताइएको छ ।
जसमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव र प्राधिकरणका अधिकारी सहभागी हुनेछन् । यदि तपाईं पनि यो कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने ११ः१५ बजे पछाडि यहाँ क्लिक गर्न सक्नुहुन्छ । मिटिङका लागि पासवर्ड 997 3833 3795 रहेको छ ।