पछिल्लो एक साता काठमाडौं उपत्यकामा को’रोना भाइ’रस (को’भिड–१९)को स’ङ्क्रमण दर घटिरहेको छ। बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर आठ हजार १७३ जनामा स’ङ्क्रमण पुष्टि हुँदा उपत्यकामा दुई हजार ४६८ थपिएका छन्।
एक साता अघि उपत्यकामा २४ घण्टामा करिब चार हजारभन्दा बढीमा स’ङ्क्रमण पुष्टि हुने गरेको अहिले निरन्तर रुपमा नयाँ स’ङ्क्रमण दर घट्न थालेको छ। एक साता यता उपत्यकामा नयाँ स’ङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेकाले सक्रिय स’ङ्क्रमितको सङ्ख्या घट्दै गएको छ। वैशाख अन्तिम सातादेखि उपत्यकामा सक्रिय सङ्क्र’मितको दैनिक घट्न थालेको हो।
चैत २९ गते देशभर ९ हजार २३८ जना स’ङ्क्रमित पुष्टि भएमध्ये उपत्यकामा तीन हजार ९२४ जना थपिएका थिए। काठमाडौंमा तीन हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना स’ङ्क्रमित थपिएका थिए। चैत ३० गते उपत्यकामा तीन हजार ५६२ जना स’ङ्क्रमित थपिदा देशभर आठ हजार ८४२ जनामा स’ङ्क्रमण पुष्टि भएको थियो । यस दिन काठमाडौंमा दुई हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जनामा स’ङ्क्रमण पुष्टि भएको थियो ।
त्यस्तै चैत ३१ गते देशभर आठ हजार ४६७ जनामा स’ङ्क्रमण पुष्टि भएको थियो। जसमध्ये उपत्यकामा तीन हजार ३४९ स’ङ्क्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा दुई हजार ४५८, ललितपुरा ५५६ र भक्तपुरमा ३३५ जनामा स’ङ्क्रमण पुष्टि भएको थियो। उपत्यकामा वैशाख अन्तिम सातासम्म तीन हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भइरहेकोमा जेठको पहिलो दिन सङ्क्रमण हुनेको सङ्ख्या केही कमि आएको थियो ।
यसैगरी जेठ १ गते उपत्यमामा दुई हजार ९३७ जनामा स’ङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाडौंमा दुई हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस दिन देशभर आठ हजार ४६ जना स’ङ्क्रमित थपिएका थिए।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार जेठ २ गते उपत्यकामा दुई हजार ६०९ जनामा को’रोना स’ङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९१ जना थिए । यस दिन देशभर सात हजार ३६८ जनामा स’ङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी जेठ ३ गते उपत्यकामा तीन हजार ९८ जना स’ङ्क्रमित थपिएका छन् । जसमध्ये दुई हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जना स’ङ्क्रमित थपिएका थिए भने देशभर नौ हजार १९८ जनामा स’ङ्क्रमण पुष्टि भएको थियो । जेठ ४ गते देशभर आठ हजार १३६ जना स’ङ्क्रमित थपिएका मध्ये उपत्यकामा दुई हजार ६३५ जनामा स’ङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाडौंमा दुई हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२९ जना रहेका छन् ।
यसैगरी जेठ ५ गते काठमाडौं उपत्यकामा दुई हजार ४८६ जना स’ङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंमा एक हजार ९८८, ललितपुरमाम २७० र भक्तपुरमा २२८ जना स’ङ्क्रमित थपिएका हुन् । यस दिन देशभर आठ हजार ६४ जनामा स’ङ्क्रमण पुष्टि भएको थियो । गाेरखापत्र दैनिकबाट