पृथ्वीराजमार्गको डुम्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित भोटेओडारमा यात्रुबाहक बस पल्टिएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार प्रहरीका अनुसार बुधबार ग १ ख ८९३७ नम्बरको यात्रुबाहबस बस सडकमै पल्टिएको हो ।
निषेधाज्ञामा बेला बेँसीशहरतर्फ आउँदै गरेको यस बसमा सवार पाँच जनासहित चालक को सकुशल उद्वार गरिएको प्रहरीले जनाएको छ ।
यी हुन् विश्वका बस्नलायक दश सहर नयाँ सूचीअनुसार युरोपभन्दा एसियाका सहर बस्नलायक देखिएको छ,
अकल्यान्डपछि अस्ट्रेलिया र जापानका सहर पनि बस्नलायक सूचीमा अगाडि देखिएका छन्
न्युजिल्यान्डको सहर अकल्यान्ड विश्वमै सबैभन्दा बस्नलायक सहर बनेको छ ।
यो को”रोना भाइरस (कोभिड– १९) महामारी पछि देखिएको परिवर्तन हो ।
द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू)ले गरेको गरेको अनुसन्धानले विश्वको एक सय ४० सहरमाथि गरेको अध्ययनबाट सन् २०२१ को बस्नलायक सहरको सूची सार्वजनिक गरेको हो ।
त्यसका लागि इआइयूले भौतिक संरचना, शीर्ष र स्वास्थ्य सेवामाथिको पहुँचलगायतलाई आधार मानेर सूची तयार पारेको हो ।
यसमध्ये सबैभन्दा महत्वपूर्ण आधार को’रोना भा’इरसविरु’द्धको सुरक्षालाई मानिएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
नयाँ सूचीअनुसार युरोपभन्दा एसियाका सहर बस्नलायक देखिएको छ ।
अकल्यान्डपछि अस्ट्रेलिया र जापानका सहर पनि बस्नलायक सूचीमा अगाडि देखिएका छन् ।
यी आइल्यान्डका सहरहरूले को’रोना भा’इरस सं’क्रमणविरुद्ध प्रभावकारी रूपमा काम गरेको देखियो ।
उनीहरूले आफ्नो देशभित्र सं’क्रमण धेरै फैलन दिएनन् । अन्य देशको तुलनामा यी देश र तिनका सहरहरूमा अवस्था चाँडै सहज पनि बनेको थियो ।
युरोपका देशहरूमा भाइ;रस संक्र’मण तीव्र देखियो ।
त्यसका रोकथामका लागि कडाभन्दा कडा लकडाउन लागू गरिए ।
यस्तै, ती देशहरूमा सर्वसाधारणलाई भ्याक्सिन लगाउने कार्यक्रम पनि सोचेजस्तो छिटो भएन ।
यही काम प्रभावकारी रूपमा गरेका सहरहरू यो वर्ष बस्नलायक सहरको सूचीमा अघि देखिएका हुन् ।
अकल्यान्डपछि विश्वमै बस्नलायक सहरको सूचीको दोस्रो स्थानमा जापानको ओसाका सहर रहेको छ ।
तेस्रो स्थानमा अस्ट्रेलियाको एडिलेड रहेको छ । न्युजिल्यान्डको वेलिङटन र जापानको राजधानी टोकियो त्यसपछि छन् ।
शीर्ष दशभित्र बेलायतको कुनै पनि सहर परेका छैनन् ।
‘को’भिड– १९ महा’मा’रीवि’रुद्ध प्रभावकारी कदम चालेको अकल्यान्ड विश्वमै बस्नलायक सहरको सूचीको शीर्ष स्थानमा उक्लिएको छ ।
विश्व नै संघर्ष गरिरहेको यो महा’मा’रीको समयमा पनि अकल्यान्डका बासिन्दाहरू खुला रहे ।
उनीहरू सँगै बस्न सफल भए,’ इआइयूले भनेको छ, ‘यो वर्ष युरोपियन सहरहरू निकै कमजोर देखिएका छन् ।
यो वर्ष युरोपियन सहरहरू यो सूचीमा निकै पछि रहे ।’
अस्ट्रियन सहर भियना पछिल्लो धेरै वर्षदेखि विश्वको बस्नलायक सहरको सूचीको शीर्ष स्थानमा रहेको थियो ।
कतिपटक अस्ट्रेलियन सहर मेलबर्नसँग संयुक्त रूपमा शीर्ष स्थानमा रहेको थियो । यो वर्ष भियना सूचीको १२औँ स्थानमा झरेको छ ।
जर्मनीको उत्तरी सहर हामबर्ग पनि यो वर्ष नाटकीय रूपमा सूचीमा तल झरेको छ ।
हामबर्ग ३४औँ स्थानबाट ४७औँ स्थानमा झरेको छ ।
अध्ययनकर्ताहरूले स्वास्थ्य सेवाहरूमा देखिएको चापका कारण युरोपका धेरै सहर यो सूचीमा पछि परेको जनाएका छन् ।
को’रोना भा’इरस सं’क्रमण बढिरहेको अवस्थामा जर्मनी र फ्रान्सका अ’स्पतालहरूमा धेरै भार बढेको थियो ।
लामो समय लकडाउन लगाउँदा पनि यी सहरका सर्वसाधारणमा समस्या देखिएको अध्ययनकर्ताले जनाएका छन् ।
‘पछिल्लो समय विश्वका धेरै सहर बस्नका लागि समस्याग्रस्त देखिँदै गएका छन् ।
को’रोना भइ’रस महा’मारी सुरु हुनुभन्दा पहिले आकर्षक देखिएको धेरै सहर अहिले बस्न असुरक्षित देखिन थालेका छन्,
’ अध्ययनमा भनिएको छ, ‘यो सन्दर्भमा युरोपलाई धेरै प्रभाव पारेको देखिएको छ ।’
विश्वको सबैभन्दा बस्नलायक सहरको सूचीको शीर्ष स्थानमा धेरै परिवर्तन हुँदा पुछारमा पनि खासै परिवर्तन देखिएको छैन ।
दमास्कस बस्नका लागि विश्वकै कठिन सहर रहेको पाइएको छ ।