नेपाल टेलिफोनको मोबाइल फोनमा बिहानैबाट फोन नलाग्ने समस्या भएको छ।
ग्राहकहरुले मोबाइलबाट फोन नलाग्ने, म्यासेज नजाने, ल्यान्ड लाइनबाट मोबाइल नम्बरमा फोन नजाने जस्ता समस्या देखिएको गुनासो गरेका छन्।
समस्या देखिएपछि टेलिकमले नेटवर्क सञ्चालनका लागि प्रयास जारी राखेको जनाएको छ।
समूह ‘डी’ को विजेता इङ्ग्ल्याण्ड, उपविजेता क्रोएसिया
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न समूह ‘डी’को खेलमा इङ्ग्ल्याण्डले चेक रिपब्लिकलाई र क्रोएसियाले स्कटल्याण्डलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेका छन्।
वेम्बली स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले इङ्ग्ल्याण्डले चेक रिपब्लिकलाई १-० हराउँदा समूह विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।
इङ्ग्ल्याण्डको जितमा रहीम स्ट्रलिङले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरे।
जितसँगै खेल खेलेर दुई जित र एक बराबरी खेलेको इङ्ग्ल्याण्ड ७ अंक जोडेर समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो।
त्यस्तै गएराति नै सम्पन्न समूहको अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि सहज जित निकाल्यो।
स्कटल्याण्डस्थित हेम्सडेन पार्क स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले स्कटल्याण्डलाई ३-१ ले हराउँदा तीनखेलबाट ४ अंक जोड्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
क्रोएसियाले निकोला भ्लासिचको गोलमा खेलको १७ औं मिनेटमै अग्रता बनाएको थियो।
तर, ४२ औं मिनेटमा स्कटल्याण्डकका कलुम म्याकग्रेगरले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो।
दोस्रो हाफमा क्रोएसियाका कप्तान लुका मोड्रिचले खेलमा फेरि अग्रता दिलाए।
उनले खेलको ६२ औं मिनेटमा गोल गर्दा ७७ औं मिनेटमा इभार पेरिसिचले गोल थपे। र, स्कटल्याण्डले ३-१ गोलअन्तरले खेल आफ्नो पार्यो।
योसँगै समूह ‘डी’ बाट इङ्ग्ल्याण्ड समूह विजेता बन्दै र क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन्।
त्यस्तै तीन अंक जोडेर तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले अन्य तेस्रो हुने टिमसँगको समीकरण कुर्ने छ भने तालिकाको पुछारमा रहेको स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ।