पूर्व संचारकर्मी रबि लामिछाने आफ्नो परिचय बारम्बार फेरिरहने वालामा पर्दछन। उनको परिचय र पहिचान थिर छैन । गएका केहि बर्ष हर्ने हो भने रविको परिचय यसरि फेरियो – अमेरिकी नागरिक , अमेरिकाबाट फिर्ता आएका , संचारकर्मी , ब्यबसायी र हाल राजनीतिको नयाँ अनुहार।
भर्खरै मात्र राजनीतिमा आएका रबि र उनका केहि समर्थकहरुले अहिले यसरि प्रचार र दाबी गर्दै छन् कि मानौं नेपालि राजनीतिको पहाडको भारि बोक्नको लागि रबि नयाँ हनुमान हुन् ्र रबि राजनीतिमा नआइदिने हो भने मुलुक त सक्किहाल्छ, देश अर्कैले आज राति नै चोरेर लग्दिन्छ ्र यतिबेला रबि देउता बन्नमा र उनका घेरा भित्रका केहि मानिस उनलाई देबत्वकरण गर्नमा धुमधुर प्रयास गरिरहेका छन् ।
राजनीतिमा आउनका लागि औपचारिक रुपमा संचार जगतको यात्रालाई बिट मार्दै संबोधन गर्ने क्रममा रबि यसरि प्रस्तुत भए कि विश्वका सारा देउताका आशिर्बाद उनीसंग छ। उनी यसरि प्रस्तुत भइरहे मानौं (बिग्रिएको राजनीति सुधार्नका लागि रबि नयाँ अबतार हुन्। उनले भने –” म रहरले संचारकर्मी भएको हुँ, मलाइ परिस्थितिले राजनीतिज्ञ बनायो।” उनको यस भनाइमा कुण्ठा , घमण्ड ,उच्च महत्वकाँक्षा र एकल यात्राको आबेग बाहेक अरु केहि नभेटिने कतिपय विश्लेषकहरु बताउँछन् ्र
आज यसरि देशका लागि म नभई हुँदै हुन्न भनेर आत्मप्रशंसा गर्ने रबि हिजो कहाँ थिए तरु र उनि के गर्दै थिए त , समाजमा उनले कस्ता कस्ता कर्म गरे र छाप छाडे तरु नेपालमै १२ सम्मको अध्यन पछी उनि अमेरिका प्रस्थान भए जतिबेला बिदेश जाने चलन यति धेरै फश्र्ठाइसकेको थिएन।
अध्यनका लागि भनेर अमेरिका गएका रबि बिस्तारै आफ्नी तत्कालिन श्रीमती इशा लामिछानेलाई पनि उतै लगे र उतै बसे ्र त्यसपछि उनले नेपाली नागरिकता नै त्यागे र अमेरिकी नागरिक भएर बसे जतिबेला उनि युबा थिए ्र उनि अमेरिकामा हुँदा कयौं महिलासंग नाजायज सम्बन्धमा रहेको तथ्य पटक पटक बाहिरिएको छ ्र उनका बारेमा उनकी पूर्व पत्नी इशाले कयौं पटक भनेकी छिन् ्र अमेरिका बस्दा देशको वास्ता नै भएन तर श्रीमतिसंगको खटपट र अन्य आफ्नै कारणले अमेरिका बस्न नसकेर नेपाल फर्किएका रबि सुटुक्क अमेरिका नागरिकता त्यागेर नेपालि नागरिकता लिए ्र
समग्रमा यस्तो छ रविको परिचय स्
१ ।प्लेब्वाई रबि
रविलाई धेरैले प्लेब्वाईको रुपमा लिने गर्दछन ्र पूर्व पत्नी इशा लामिछाने संग बैबाहिक सम्बन्धमा रहंदा रहँदै उनले कयौं स्त्रिसंग सम्बन्ध बनाए ्र एक अमेरिकि महिलासंग लिभिंग टुगेदरमा रहंदा रविको बच्चा पनि भएको थियो ्र भनिन्छ –हावा नचली पात हल्लिन्न , रविको नेपालका कयौं सेलिब्रेटीहरुसंग जोडिएर पनि समाचार आए ्र रविको यहि बानीले गर्दा नै उनको पुर्बपत्नी हैरानीमा परेकी थिइन् पछी आफू रबिसंग बस्न नसक्ने भन्दै उनले रबिसंग सम्बन्ध बिच्छेद पनि गरिन ्र
२। गैह्र जिम्मेवार श्रीमान
रबि एक गैह्र जिम्मेवार श्रीमान हुन् ्र उनले आफ्नी पूर्व पत्नी इशा माथि कहिल्यै सदभाब , प्रेम गर्न सकेनन ्र आफ्नो श्रीमानासंगा कहिल्यै पनि माया नपाएको कुरा इशाले पटक पटक भन्ने गरेकी थिइन् ्र
३। गैह्र जिम्मेवार बुवा
अमेरिकामा रहेका आफना २ छोरीको उनि कहिल्यै पनि असल अभिभाबक बन्न सकेनन ्र छोरीहरुलाई प्रेम गर्नुको सट्टा उनि सदा आफ्नो दायिन्त्व बिर्षिएर बसे ्र आफ्नो छोरीहरुले बुवाबाट पाउनुपर्ने माया कहिल्यै नपाएको रबिकी पूर्व पत्नी बताउछिन ्र हाल उनि आफ्ना पूर्व पत्नी र छोरीहरुलाई गलत्याएर रबि आफ्नै संसारमा मस्ती गरिरहेका छन् ्र
४। गैह्र जिम्मेवार नागरिक
आज आफुलाई देबत्वकरण गर्न खोज्ने र टिभीबाट आफुलाई सधैं प्रचार गराइरहने रबि कुनै समय देशको नागरिकतालाई गलत्याएर अमेरिकी नागरिकता लिएका थिए ्र जिबनको सम्पूर्ण यौबन अवस्था बिदेशी देशको नागरिक बनेर बिताएका रबि समयले नेटो काटेर बुढेशकाल लाग्ने बेलामा नेपाल फर्किए ्र यदि उनि साच्चै देश प्रति बफादार थिए भने उनले नागरिकता त्याग्ने थिएनन् ्र
५। रविको आर्थिक कोणमा प्रश्न
रबि आफैंले भनेका छन् उनले अमेरिकामा रहेको आफ्नो सबै सम्पत्ति पूर्व पत्नी इशाको नाममा गरिदिएका छन् , त्यति मात्र होइन उनले मासिक ८ लाख रुपैंया नेपालबाट आफ्ना छोरीहरुको खातामा पठाउने सहमति गरेका छन् ्र १२ को पढाई सकिएको यौबन अवस्थामै बिदेश गैर उतैको नागरिक भएर बसेका रविको कुनै सम्पत्ति नेपालमा थिएन ्र उनको न्युज २४ मा मासिक तलब ७ लाख रुपैयाँ थियो ्र ७ लाख रुपैयाँ मासिक तलब खाएर महिनाको ८ लाख अमेरिका पठाएर त्यस्तो बिलाशिता पूर्ण जिबन बिताएका रविले ४(५ बर्षको अबधिमा करोडौंको टिभी खोल्ने अवस्थामा कसरि पुगे यस बारे सत्य तथ्य उनले बोल्ने पर्छ ्र
६ । पत्रकारिताको नाउँमा अराजकता
पत्रकारिताको नाममा रबि नासुमारेको मैमत्ता साँढे हुन जसलाई नियन्त्रण गर्नको लागि कुनै बन्धन र रेखा हुँदैन ्र देखावटी पत्रकारिता गरेर भित्र भित्रै अनेक जाल बुनेका रबि कहिल्यै पनि पत्रकारिताको सिमा र दायरा भित्र रहेनन् ्र कतिलाई राम्रो लागेपनि टेलिभिजनमा उनको प्रस्तुति अराजकता सिबाय अरु केहि हुँदैन थियो मानौं उनलाई जसलाई जे बोल्न र भन्न पनि छुट छ ्र यति सम्म को उनले एक कार्यक्रममा भनेका छन् –” उडी उडी सबैका नाकको डाडी भाचिने गरि हान्न मन छ राउण्ड किक मा ” एक अर्को सन्दर्भमा उनले भनेका छन् ” के हेरेर बसेको जाउ न बालकोट गएर केपी ओलीको टाउको फुटाउ ” यी र यस्ता छुद्र र स्तरहिन अभिव्यक्ति त उनका कति छन् कति जुन कुरा पत्रकारिता र पत्रकारिताको आचारसंहिता भित्र पर्दै पर्दैन ्र
७ । नियतमा शंका
चाहे न्युज २४ मा सिधाकुरा जनतासंगमा रहंदा होस या चाहे आफैं संचालक रहेको ग्यालेक्सी मा कार्यक्रम सिधा कुरामा रहंदा होस उनले कयौं राम्रा काम त गरेका छन् जसले आम मानिसको जिबनमा केहि सकारात्मक प्रभाब पार्यो नै तर भित्रि कुरा त्यति मात्र छैन ्र रविले कुनै पनि विषयबस्तुलाई पहिलोपटक टेलिभिजनको कार्यक्रममा ल्याएर समस्या मात्र देखाउने गर्दथे ्र उनले हातको औंलामा गन्न मिल्ने केहि बिषयलाई बाहेक दोस्रो फलो अप गर्दै गरेनन ्र यस बिषयमा कतिपय आम मानिसको धारणा यस्तो छ कि – आफना कर्तुत खुल्ने डरले बिषय उठान भएकाहरु आतिदै रविकोमा पुग्छन र दुवै पक्षलाई केहि लाभ मिल्ने गरि आइन्दा फलो अप नगर्ने बाचा बन्छ ्र
८। फ्लप कार्यक्रम र अरुको पैसा
न्युज २४ मा रहंदा कार्यक्रम ” द लिडर”गर्ने भनेर होस या चाहे ग्यालेक्सी मा रहंदा कार्यक्रम ” कामका कुरा गर्ने भनेर होस् उनले पब्लिक सेन्टिमेन्ट जित्नको लागि अनेक तिकडम गरिरहे तर कहिल्यै कार्यक्रमलाई संचालन गर्न सकेनन ्रन्युज २४ छाडेर आफ्नै टेलिभिजन संचालन गरेपछिको उनको पत्रकारिता यात्रा निक्कै खस्किदो बनिरह्यो ्र उनले कार्यक्रम ” द लिडर” गर्नको लागि भनेर ३ करोड भन्दा माथी उठाएको र पैसा फिर्ता नगरेको तथ्य पटक पटक बाहिरिएको छ ्र
अरुको बिषयमा निक्कै भद्दा र अराजक टिका टिप्पणी गरिरहने तर आफू आफ्नो ठाउँमा पटक पटक चुक्ने अनि आफ्ना कमजोरीको बिषयमा कसैले कुरा उठाइहाल्यो भनेपनि त्यसलाई पचाउने नसक्ने रविले नैतिक चरित्र कहाँ बोकेका होलान र रु आफ्नो जिबनकालमा एक असल श्रीमान , असल प्रेमी, असल बुवा , असल नागरिक बन्न नसकेर धेरैलाई धेरै पटक धोका दिएका र असफल भएका एक व्यक्ति रबि देशको असल नेता बन्न सक्लान र ?
-शंकर तिवारी