आफूलाई ‘मेमोरी किङ’ भएको दाबी गर्ने विजय शाहीले अब नामको पछि नलाग्ने घोषणा गरेका छन् । केही समय अगाडि सामाजिक सञ्जालमा अद्भूत कलाको डेमो देखाएर चर्चामा आएका शाही अहिले नि’राश भएका छन् ।
‘मैले युबट्युब, टेलिभिजन लगाएत थुप्रै माध्यमबाट डेमो देखाउँदै आए । मलाई म’र्यो समेत भनेर ह’ल्ला गरियो । धेरै मजाकको पात्र नेपालीहरुले बनाउनुभयो । ९–१० करोड विजयले कमायो पनि भन्नु भयो र फोटो बनाएर सामाजिक सञ्जालमा मलाई मृ’त घोषित गरिदिनुभयो ।
थुप्रै गतिविधिहरु गर्नु भयो मेरो कसैले वास्तविकता बुझ्नु भएन त्यसले गर्दा मेरो आमा डि’प्रेशनमा समेत जानुभयो । मपनि अत्यन्तै कठिन समयमा गुज्रि’ए । अब कसैलाई डेमो नदेखाउने बाचा गर्दछु’, उनले भनेका छन् ।
‘आमाले नै छोरा डेमो नदेखाउँ यदि तिमीले किताबको डेमो देखायौँ भने मेरो डिप्रे’शनले गर्दा मृ’त्यु समेत हुन सक्छ भने पछि मेरो क्षमता आमाको लागि भएपनि कसैलाई नदेखाउने स्पष्ट पार्न चाहान्छु’, उनले भने ।
आफूमा भएको क्षमता देखाउँन नपाउँदा दुःख लागेता पनि आमाको लागि यस्ता थुप्रै क्षमता पनि त्याग्न सक्ने उनको भनाइ रहेको छ ।
यस्तो अवस्था आउनुको कारण आफ्नो क्षमतालाई कसैले नपत्याउनु रहेको शाही बताउँछन् । अब आउँदो जीवन आफ्नै तरिकाले बाँँच्ने विजयले बताएका छन् ।
को हुन् विजय शाही ?
विजय कालिकोटका स्थानीय युवा हुन्। उनी २१ वर्षका भए। कालीकोटमा जन्मिएका शाहीले आफू मेमोरी किङ भएको दाबी गरेका थिए।
२०७६ सालको माघको कुरा हो, उनले आफुले मेमोरी किङ भनिएको विधामा च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएको कुरा दाबी गर्दै सार्वजनिक गरे। त्यसपछि उनको नाम चर्चामा आउन थाल्यो।
उनले यस्तो दाबी गर्नुअघि यो रेकर्ड नेपालका मेमोरी किङ भनेर चिनिने अर्पण शर्माको नाममा थियो। शर्माले एक मिनेटमा ४२ शब्द स्मरण गरेर रेकर्ड बनाएका थिए।
तर, कालिकोटका विजयले यो रेकर्ड आफुले तोडेको मिडियामा बताए। उनले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द स्मरण गरेर यो रेकर्ड ब्रेक गरेपछि च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएको बताए।
जब यो कुरा युट्युबबाट बाहिर आयो, तब सबैले विजयको क्षमतालाई प्रशंसा मात्र गरेनन्, उनलाई फलो गर्नेहरु पनि बढ्न थाले। शाहीको चर्चा बढेसँगै पत्रकार ऋषि धमालाले पनि उनलाई २०७६ साउन ४ मा कार्यक्रममा बोलाए।
धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा शाहीले ३ मिनेटमा महाभारत र ५ मिनेटमा नेपाली शब्दकोष पढेर कण्ठ गरेको भनियो। टिभीमा देखाइएको कार्यक्रममा शाहीले केही समयमा नै यी दुई पुस्तक कन्ठस्थ गरेकोसमेत देखाईएको थियो।