सामान्यतया विवाहमा दुलाहादुलहीले विशेष पहिरन लगाउँछन् ।
विवाहमा आकर्षक, मूल्यवान कपडा लगाउने संस्कार विगतदेखि नै हो ।
तर कतिपय ठाउँमा विवाहको समयमा बेहुलीले बेहुलाको कपडा लगाउने प्रचलन रहेको छ ।
जुन कुरा पहिलोपटक सुन्दै हुनुहुन्छ भने तपाईंलाई अचम्म लाग्न सक्छ ।
दुलहीको पहिरन दुलाहाले लगाउने परम्परा भारतको आन्ध्र प्रदेशको दक्षिण गोदावरी जिल्लामा रहेको छ ।
त्यहाँको गन्नामनि समूदायका मानिस यस्तो अनौठो प्रथाको पालना गर्दछन् ।
यो परम्परा आजको होइन, निकै पूरानो समयदेखि रहिआएको छ ।
यस परम्पराअनुसार ती समूदायका मानिसहरूमध्ये हर दुलाहाले दुलहीको कपडा पहिरिन्छन् ।
विवाहमा यो समूदायका बेहुला बेहुलीको कपडामात्र लगाउँदैन, गरगहना तथा अन्य आभूषण पनि लगाउँछ ।
कतिपयले यस प्रथालाई पुरुष र महिलाबीचको विभेद अन्त्य गर्ने एक तरिका भएको समेत बताएका छन् ।