क्रिकेटर सन्दीप लामिछानेको प्रकरणमा अर्को ट्वीस्ट आएको छ । लामिछानेमाथि ज’बर्जस्ती क’रणीको क’सूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्तामाथि पक्ष र विपक्षमा बहस भएको छ ।
यसकारण अदालतले पनि किशोरी जन्मदर्ताको अभिलेख झिकाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले लामिछानेवि’रुद्ध ज’बर्जस्ती कर’णीको क’सूरमा कि’टानी जा’हेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको हो ।
उक्त मु’द्दाको मु’द्दाको थुन’छेक बहसका क्रममा लामिछाने पक्षका वकिलले जाहेरीकर्ता नाबा’लिग नभएको दाबी गर्दै उनको जन्ममितिमा विवाद भएको बताएका थिए ।
उनीहरुले किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विवरण अदालतमा पेश गरेका थिए । तर जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको कागजातमा उनको जन्ममिति २०६२ जेठ १८ गते उल्लेख छ ।
सोही विषयलाई छिनोफानो गर्न अदालतले जन्मदर्ता अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको हो । सन्दीपका वकिलहरुले किशोरीको जन्मदर्ता र अर्को कागजातमा उनको जन्ममिति फरक देखिएको दाबी गरेका छन् ।