शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उन बागलुङ निर्वाचन क्षेत्र-२ मा बाट निर्वाचित भएका हुुन् ।
उनी २४ हजार ७७९ मत ल्याउँदै निर्वाचित भएका हुन् । नेकपा एमालेकी उम्मेदवार मन्जु शर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । एमालेकी उम्मेदवार शर्माले २० हजार १८० मत प्राप्त गरेकी छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तिला खत्रीले तेस्रो मत प्राप्त गरेकी छन् । यता, बाग्लुङ क्षेत्र नम्बर-१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका छन भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भएका हुन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याएर तेस्रो भएका छन्। यस्तै प्रदेश सभा १ बाट दीपेन्द्रबहादुर थापा २ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्।