काठमाडौँ । होडिङ बोर्डको विज्ञापन गर्ने ठेक्का पाएका विचौलिया कम्पनीहरुले हैरान पार्ने गरेको तथ्य बाहिरिएको छ । पालिकाहरुमा होडिङ बोर्डको विज्ञापन गर्ने ठेक्का पाएका विचौलिया कम्पनीहरुले मनलाग्दी गरिरहेको र भनेको नमाने धम्क्या’उने गरेकोसमेत खुुलेको छ ।
विशेषगरी देशका विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकामा यस्ता विचौलिया कम्पनीले विगतदेखि नै हैरानी पारिरहँदा पनि हाल पनि कुुनै कमी नआएको स्रोत बताउँछ । मनलाग्दी ढंगले विल काट्ने, पालिकालाई कर तिर्नुपर्छ भन्दै रकम माग्ने, यो त अत्ति नै भयो’ एक पी’डितले भने ।
यस्तो विज्ञापनहरुमा अधिकांश पालिकाले कुनै एजेन्सीलाई हेर्न ठेक्का दिने, उसले मनलाग्दी रकम अशुल गर्ने, त्यसरी अशुल गरेको आधारमा उसले आफूले पनि मनलाग्दी कमाई गर्ने र पालिकाका पदाधिकारी र कर्मचारीलाई पनि घुस दिने गरेको देखिएको छ । यस्तो रकम अशुलीमा यस्ता विचौलियाहरुले ठूलो र नाम चलेका कम्पनीहरुलाई निशाना बनाउने गरेको देखिन्छ ।
ठेक्का पाएका यस्ता कम्पनीले कुनै मापदण्डका आधारमा व्यवस्थित र पारदर्शीरुपमा बोर्डहरु राख्न नदिने भन्दा पनि डिलर, सबडिलरहरुले राखेका बोर्डहरुमा बार्गेनिङ गर्ने, मोटो रकम माग गर्ने, नदिए आफूले पाएका टोले गु’ण्डा र नगरपालिकाका कर्मचारीलाई लगाएर ध’म्क्याउने, बोर्ड हटाइदिने गरेको पी’डित पक्षको भनाई छ ।
यस्तो पी’डामा धेरै उद्योगहरु परेका छन् । एक सिमेन्ट उद्योगका बजार प्रवर्द्धन प्रमुखको गुनासो त्यस्तै छ । उनी भन्छन्, ‘होडिङ बोर्ड र डिजिटल बोर्डमा यति ठूलो माफियागिरी छ कि यिनीहरुले हामीलाई धरक्कै पारेको छ । पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कमि’शन बुझाएको हुँदै रहेछ ।
कमिशन पाएपछि उनीहरु चुपचाप । अनि यता मनलाग्दी लु’ट्ने । न कसैको नियमन छ, न कसैले का’रवाही गर्छ ।’ नियमानुसार नगरपालिकाले लिने कर तिर्न त हामीलाई कुनै समस्या नै होइन् । हजारमा तिरे पुग्ने कर दशौं लाखमा माग गरिदिन्छ । कसरी तिर्ने ?’
यो विकृती हटाउन सरकार आफैँले कर संकलन गर्नुुपर्ने, पालिकाहरु आफै सचेत हुुनुुपर्ने र त्यसरी दबाब दिने कम्पनी सार्वजनिक गरी कानुुनी कार’वाहीमा जानुुपर्ने सम्बन्धित पक्षको भनाई छ ।