नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच भेट भएको छ । पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्न कांग्रेस महामन्त्री गगन थापाका ससुुरासमेत रहेका केसी बालकोट पुगेका हुुन्।
नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केसी आइतबार साँझ एमाले अध्यक्षसमेत रहेका ओलीलाई भेट्न बालकोट पुगेका हुन्। करिब २ घण्टा भएको भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।
उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम, नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबीच एकता र सहकार्य लगायतको विषयमा छलफल भएको छ।
भेटमा केसीले जनजीविकाका सवालमा उठेका आवाजहरु सामुहिक रुपमा समाधान गर्ने प्रतिबद्वता जनाउनुपर्ने बताएका छन्। भेटमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्नेमा एक भएका छन्।
उनीहरुले द्व’न्द्वकालीन मु’द्दाहरु किनारा लगाउन, चुच्ने नक्सा अनुसारको नेपालको भूभाग फिर्ता लिन भारतीय पक्षसँग वार्ता गर्न दलहरु एकमत हुनुपर्नेमा जोड दिएका छन्।