काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को पद नै जान सक्ने देखिएको छ । उनले ज’रिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
स्थानीय तहको निर्वाचन खर्च पेस नगरेका कारण आयोगले उनलाई साढे सात लाख जरिवाना तोकेको थियो । बालेनले आफू निर्वाचित भएलगत्तै समााजिक सञ्जाल फेसबुकमार्फत आफूले खर्च विवरण सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको भन्दै ज’रिवाना मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका हुुन् ।
स्थानीय तहका उम्मेदवारले ६ महिनाभित्र जरिवाना नबुझाए निर्वाचित पदाधिकारी पदमुक्त हुने कानुनी व्यवस्था छ । आयोगले प्रमुख शाहको निवेदनमाथि थप कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ । निर्वाचन कानुनमा भने जरिवाना मिनाहा गर्ने र पुनर्मूल्यांकन गर्ने कानुनी व्यवस्था छैन ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई सांसदको सपथ नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
उनको नागरिकता र पासपोर्टको विवाद यथावत रहेकाले उनलाई सपथ नगराउन माग गर्दै रिट परेको हो । रिट दर्ता गरेका हुन्, युवराज लामिछानेले ।
गृहमन्त्रालयमा लामिछानेको पासपोर्ट र नागरिकतासम्बन्धी विषयमा उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनको पासपोर्टमाथि अनुसन्धान गरिरहेको छ ।