प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनीहरु आज त्रिवि शिक्षण अस्पताल पुुगेका हुुन् ।
दुवै जनाले अध्यक्ष नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शी’घ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
सरकार गठनको प्रक्रिया सुरु भइसक्दा माधव नेपाल बि’रामी परेपछि गठबन्धनका बैठकसमेत प्रभावित हुने देखिएको छ ।
कस्तो छ माधव नेपालको स्वास्थ्य अवस्था ?
नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ ।
अध्यक्ष नेपालको छातीमा सङ्क्र’मणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलवारदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचा’र सुरु गरिएको हो ।
छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।
पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधुप गरेका अध्यक्ष नेपाललाई अहिले आगन्तुकसँगको भेटघाट बन्द गरिएको छ ।
छातीको सङ्क्र’मण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।