३ महिनाअघि चर्चित क्रिकेटर सन्दीप लामिछानेविरु’द्ध बला’त्कारको उजुरी पर्यो । त्यतिबेला विदेशमा रहेका लामिछानेले नेपाल फर्किनुअघि सामाजिक सञ्जालमार्फत अपिल गर्दै आफू प्रहरीसमक्ष आत्मसमर्पण गर्न तयार रहेको तर हत’कडी नलगाउन आग्रह गरेका थिए।
तर, सो अपिल प्रहरी सिधै खारेज गर्यो र भन्यो कानुन सबैका लागि बराबर हुन्छ। हत’कडी नगाउन गरेको सन्दीपको अपिलमा आफू मिडियामा ह’तकडीसहित मिडियामा नपरूँ भन्ने नै थियो। यद्यपि प्रहरीले आ’रोपितलाई कुख्या’त अप’राधी सरह हतकडीसहित फिल्मी शैलीमा मिडियामा देखाउँदै हि’रासतमा गरेको थियो।
तर, फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जे’लमुक्त हुँदा प्रहरीले ससम्मान बिदाइ गरेको छ। शोभराजले मिडियालाई आफ्नो तस्बिर खिच्न नदिन गरेको आग्रह स्वीकार्दै प्रहरीले उनलाई लुकाएरै अध्यागमन विभाग पुर्याएको छ।
यहाँनिर कुरा सन्दीप र चार्ल्सको होइन कुरो प्रहरीले गर्ने पक्षपातपूर्ण व्यवहारको हो। कुख्यात हत्या’रा चाल्र्सलाई मिडियाबाट जोगाएर विदेश पठाउन सक्ने प्रहरीले बला’त्कार आरो’पित रहेका लामिछानेलाई समेत ससम्मान जे’लमा हि’रासतमा लैजान पनि सकिने रहेछ।
बि’किनी किलर, सि’रीअल कि’लर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्चले बुधबार जे’लमुक्त गरेर १५ दिनभित्र स्वदेश पठाउन आदेश दिएको थियो।
शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको करिब समय जे’लमा बिताएका छन्। नेपाल आउनुअघि सन् १९९७ सम्म उनी भारतमा २१ वर्ष का’रागारमा बसेका थिए। तर जे’लमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जे’लबाट भागेका थिए।