सत्ता गठबन्धन भत्किएको छ । अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना सकिएको छ ।
बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठक भाँ’डिएलगत्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग सहकार्यको प्रस्ताव गरेका छन्।
देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी मिलेर जान आग्रह गरेका हुन्। बालुवाटारमा सत्ता गठबन्धनको बैठक भाँडिएपछि देउवाले टेलिफोन गरेको ओलीको सचिवालयले जनाएको छ।
“धेरै दल मिलेर जाँदा पद बाँडफाँट पनि धेरैलाई गर्नुपर्छ, हामी मिलेर जाउँ”, देउवाको भनाई उद्धृत गर्दै ओलीको सचिवालयले भन्यो।
देउवासँग टेलिफोनमा कुराकानी लगत्तै ओली आफ्नै निवासमा माओवादीसहितका दलहरूको बैठकमा छन्। बैठकमा रास्वपा, जसपा, जनमत पार्टीसहितको बैठक जारी छ।