नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुुलुुकको ४४ औँ प्रधानमन्त्री बनेका छन् । सोमबार उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । प्रचण्ड नेतृत्वको सरकारका आठजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुुन्।
तीनजना उपप्रधानमन्त्रीसहित ८ जना मन्त्रीले शपथ लिएका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा विष्णु पौडेल उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको शपथ लिएका हुन्।
यस्तै, एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राई मन्त्री बनेका छन्। प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा पौडेल नियुक्त भएका छन्। साथै जननमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ।
कार्यक्रममा पूूर्व प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र पूूर्व प्रधानमन्त्री माधव कुुमार नेपाल लगायतका नेताहरु उपस्थित रहेका थिए ।
नेपाली कांग्रेसले पहिलो कायृकालमा प्रधानमन्त्री दिन नमानेपछि प्रचण्डले ओलीसँग साझेदारी गरेका हुुन् । शपथको क्रममा देउवा छट्पटाएजस्तो दृश्य देखिन्थ्यो । सायद् उनी आफूूले गल्ती गरेको भित्रैबाट पछुुताइरहेका थिए