राष्ट्रपति कार्यालयमा नव नियुुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम चलिरहदा नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बाहिरिएका छन् । उनी शपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेका हुुन् ।
प्रधानमन्त्री प्रचण्डले शपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् । देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो । उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ बाँकी नै थियो ।
त्यसैले देउवाले उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन भने भ्याएनन् । उनी बाहिरिनुुको कारण खुुल्न नसकेपनि आफूूले सत्ता गुुमाउनुु परेकाले तनावका कारण बाहिरिएको आँकलन गरिएको छ ।
तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा उनले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ ग्रहण गरेका थिए ।
प्रचण्ड एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । आइतबार अपराह्न १६९ सांसदको समर्थनसहित शीतलनिवास पुगेपछि राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।