निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुुर देउवालाई बसाई सर्न समस्या भएको छ । उनको बुुढानिलकण्ठस्थित निवास मर्मत भइरहेकाले उनी तत्काल त्यहाँ सर्न नपाउने भएका छन् ।
निवास मर्मत भइरहेका कारण सोमबार उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने भएका छन् । उनी निकट स्रोतले दिएको जानकारीअनुसार आज बालुवाटरमै बस्ने तयारी छ ।
देउवाको घर मर्मत सम्भारमा रहेकाले केही दिन बाहिर घर खोजेर बस्ने तयारीमा रहेको स्रोत बताउँछ । “हामी होटलमा बस्ने योजना छैन,” स्रोतले भन्यो, “घर मर्मत सम्भारको क्रममा रहेकाले केही दिन बाहिरै घर खोजेर बस्ने तयारी छ ।”
सात दिन खाली गरिदिने समय भए पनि त्यसअघि नै बालुवाटार छाड्ने तयारीमा देउवा रहेका छन् । आइतबारसम्म प्रधानमन्त्री आफैँ बन्नेमा आत्मविश्वासी रहेका कारण उनले यसअघि नै घरको मर्मत सकेका एिनन् । तर, एकाएक प्रचण्डले अपेक्षाविपरित सरकार गठन गरेपछि उनलाई धक्का लागेको छ ।