सोमबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शपथमा रोचक दृश्य देखिएको छ । शपथमा संवैधानिक अंगका प्रमुख,विदेशी कूटनीतिक नियोगका सबै प्रमुख तथा प्रतिनिधि,पूर्व प्रधानमन्त्री लगायत विशिष्ट पाहुनाको बाक्लो उपस्थिति थियो ।
मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गराउन थालिन । अरु सबै जर्याकजुरुक उठे । तर, राष्ट्रपतिको बाँयातर्फको कुर्सीमा आसिन प्रधानमन्त्री देउवा अमिलो अनुहार लगाएर बसिरहे ।
पछाडि उभिएका अंगरक्षकलाई समेत निको नलागेपछि बाध्य भएर उनले देउवाको कान नजिकै मुख लगेर भने, ‘हजुर,उठिबक्स्योस् ।’ त्यो सुन्ने बित्तिक्कै उनी जुरुक्क उठे ।
प्रधानमन्त्रीको शपथग्रहण पनि सकियो । दाहाललाई हात मिलाएर बधाई दिएपछि मञ्चबाट सरासर बाहिरिए ।
देउवा एक्कासी प्रधानमन्त्रीबाट हटेर सत्ता गुुमाउनु परेपछि तनावमा रहेको देखिन्थ्यो ।