काठमाण्डौ महानगरपालिकाले गृह मन्त्रालयसँग सहयोग मागेको छ । महानगरले थापाथलीको बाग्मती नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको हो ।
महानगरले आज बिहीवार एक पत्र पठाउँदै थापाथलीको बाग्मती नदी किनारको सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको हो ।
बाग्मती नदी किनारमा अन’धिकृतरूपमा निर्माण भएका संरचना हटाउन पटक–पटक प्रयास गरेको र यस कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने महानगरले पठाएको पत्रमा उल्लेख छ ।
मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवम् समन्वय गर्न महानगरले अनुरोध गरिएको छ ।
‘थापाथलीको बाग्मती नदी किनारको अव्यवस्थित/अन’धिकृत संरचना हटाइ त्यस क्षेत्रको संरक्षण एवम् सौन्दर्यीकरण गर्ने काम तत्काल अगाडि बढाउन बाग्मती सभ्यता एकीकृत विकास परियोजनाबाट पनि अनुरोध भइ आएको र त्यो क्षैत्र खाली गराउन महानगरले प्रयास अगाडि बढाएको भए पनि सफल हुन सकेको छैन’, पत्रमा उल्लेख छ ।
महानगरको नेतृृत्वमा युुवा इन्जिनियरसमेत रहेका मेयर बालेन शाह छन् भने गृहमन्त्री युुवा नेता, पूूर्व सञ्चारकर्मी रवि लामिछाने छन् ।