शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खारेज गरेका छन् । शुुक्रबार उनले नेपाली नागरिकले विदेशबाट एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुुन् ।
देउवा नेतृत्वको सरकारले गत पुस १५ गतेदेखि विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सर्वत्र वि’रोध भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुुन्।
विदेशबाट फर्किंदा एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आहत र केही व्यापारी घरानालाई फाइदा दिएको भन्दै सरकारको चर्को आ’लोचना भइरहेको थियो ।
यो सँगै नेपाल दूरसञ्चार प्राधिकरणले प्राधिकरणले तत्कालका लागि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागु नगर्ने निर्णय गरेको छ ।
प्राधिकरणले सूचना जारी गर्दै पूर्ववतः रुपमा रजिस्ट्रेशन गर्न निर्देशन दिएपछि नयाँ नियम तत्कालका लागि रोकिएको छ ।
‘आईएमईआई रजिस्ट्रेशन सम्बन्धमा सेवाग्राहीको पृष्ठपोषण र दर्ता प्रक्रियालाई सरलिकरण गर्न निर्देशन भएअनुसार अर्को सूचना प्रकाशन नहुञ्जेलसम्मका लागि पूर्ववतः रुपमा हुँदै गरेको आईएमईआई रजिस्ट्रेशन प्रक्रियाअनुसार नै रजिस्ट्रेशन हुने व्यहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
तत्कालिन प्रधानमन्त्री देउवा बुधवार महाराजगञ्जको भाडाको घरमा सरेका छन । यसअघि प्रचण्डले आफूू नै प्रधानमन्त्री हुुने अडान लिएपछि गठबन्धन टुुटेर एमालेसहितको नयाँ गठबन्धन बनेपछि देउवा सरकार ढलेको हो ।