पूूर्व प्रधानमन्त्रीद्धय नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मिल्ने चर्चा एकाएक सेलाएको छ । दुुवै पक्षबाट पछिल्लो समय मिल्ने बारेका विभिन्न धारणाहरु गलत रहेको कुुरा सार्वजनिक भएको छ ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीसँग नेपालको भेट गराउन निकै प्रयास गरेको बताइएको छ । नेपाल प्रचण्ड एक्लै बालकोट गएको भन्दै असन्तुुष्ट छन् ।
केही दिनअघि माधवलाई भेट्न एमाले नेताहरु विष्णु पौडेल र महेश बस्नेतले कोटेश्वरस्थित निवासमै पुगे । दुवैले अध्यक्ष ओलीसँग भेटेर सरकारमा सहभागी हुन र पार्टी एकताका लागि छलफल गर्न प्रस्ताव गरे ।
तर नेपाल तयार भएनन् । बरु उनी एकीकृत समाजवादीका भूगोलतर्फका नेताहरूसँग जुम मिटिङमा बसे । सरकारलाई समर्थन गर्दै अघि बढ्ने कि प्रतिपक्षमा बस्ने भन्ने राय सुझाव लिइरहे ।
दुई वर्षअघि ओलीसँग जुन विषयमा वि’रोध गर्दै पार्टी नै विभाजन गरेर नयाँ पार्टी खोलेको हो, त्यसको औचित्य पुष्टि नभई एमालेमै फर्किन नेपाललाई त्यति सहज नभएकाले पनि उनले ओलीसँगको भेटवार्तालाई त्यति महत्व नदिएका हुन् ।
नेपालले पार्टीका नेताहरूसँग कुराकानी गर्दै ओली आफ्नो निवासमा आए रातो कार्पेट ओछ्याएर स्वागत गर्न तयार भएको, तर बालकोट नजाने स्पष्ट पारेका छन् ।
खासगरी एमाले निकट नेताहरुले एकीकृत समाजवादीलाई आफ्नो पार्टीसँग मर्ज गर्ने, माधव नेपाललाई राष्ट्रपति बनाउने जस्ता प्रचार गरेपछि नेता नेपाल सशं’कित भएका हुन् ।
एमालेको रणनीति जसरी पनि माधव नेपाललाई कमजोर देखाउने र पार्टीका सांसद सुरक्षित नभएको भ्र’म फैलाउने भएपछि बिहीबार एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेसँग पार्टी एकताबारे कुनै छलफल नै नभएको प्रस्टीकरण दिनुपरेको थियो ।
त्यसपछि एमाले प्रचार संयन्त्र अलि सजग भएको हो । शुक्रबार बिहान एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि एकीकृत समाजवादी र आफ्नो पार्टीका विषयमा बाहिर प्रचारमा आएका कुरामा सत्यता नभएको भन्दै अहिले सरकारको समर्थनको दायरालाई फराकिलो बनाउने स्पष्ट पारेका छन् ।