काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन भ्रमणका लागि इन्डोनेसिया प्रस्थान गरेका छन् । बालेन मंगलबार साँझ विदेश प्रस्थान गरेका हुन् । प्रमुख साह चार-पाँच दिनका लागि घुम्न गएको स्वकीय सचिव भूपदेप साहले जानकारी दिए ।
स्वकीय सचिव शाहले भने ‘उहाँ पारिवारिक भ्रमणमा जानुभएको हो ।’ प्रमुख साहले हिजो निर्वाचन आयोगवि’रुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । आयोगले निर्वाचन खर्च समयमा नबुझाएको भन्दै प्रमुख साहलाई साढे सात लाख जरिवाना तोकेको छ ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण हो। यो पनि, काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना म’हामारीको त्रा’स कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए ।
बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन् । बैठकले कामपाभित्र अ’नधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवा’ना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।
व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविप’रीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरि’वाना रकम कम्तीमा रु पाँच सय र अधिकतम रु तीन हजार हुने निर्णय गरेको छ । ज’रिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ । भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ ।
सोही ठाउँमा बेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरेमा अर्को प्रकारको शुल्क लाग्नेछ । दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भएमा छुट्टाछुट्टै ज’रिवाना सिफारिस हुने निर्णय भएको छ ।