गत बैशाख २९ गते सम्पन्न चुनावबाट काठमाडौँ महानगरेको मेयरमा चुनिएका बालेन्दै शाह बालेन र गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको चुनावमा विजयी भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सामाजिक सञ्जालमा अग्र पंक्तीमा देखिएका छन् । समकालिन राजनीतिमा सबैभन्दा बढी फेसबुक प्रयोग गर्नेहरुमा उनीहरु अगाडि देखिन्छन् ।
सामाजिक सञ्जाल सामान्यतयाः अनौपचारिक जानकारीको निम्ति सर्वसाधारणले प्रयोग गर्ने एउटा माध्यम मात्रै हो । तर, गृहमन्त्री रवि लामिछानेले आफूले गरेको पछिल्लो निर्णय औपचारिक प्रशासनिक च्यानलभन्दा पहिले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
उनले हिजो फेसबुक मार्फत् आफ्नो सवारीका क्रममा हुने सुरक्षाकर्मीको अगुवा तथा पछुवा गाडी हटाइएको विषय जानकारी गराएका छन् । गृहमन्त्रीले गरेको सुरक्षासँग सम्बन्धित निर्णय मातहतका निकायमा पत्र वा औपचारिक माध्यमबाट नपुग्दै सामाजिक सञ्जालमा राखेर अर्को ‘स्ट’न्ट’ को प्रयोग गरेको बताइन्छ ।
यता, काठमाडौं महानगरका प्रमुख बालेन साहले निर्वाचनमा गरिएको खर्च विवरण निर्वाचन आयोगमा तोकिएको समयमा नबुझाएपछि आयोगले सात लाख रुपैयाँ ज’रिवाना तोकेको छ । जरिवानसँगै उनले आगामी निर्वाचनमा भाग लिन नपाउने निर्वाचन कानुनमा उल्लेख छ ।
तर, तोकिएको कानुनको पालना नगरेका मेयरले आयोगको उक्त निर्णयविरु’द्ध सर्वोच्च अदालत गुहारेका छन् । यसअघि कात्तिक २२ गते यस्तै विषयमा सर्वोच्च अदालतले आयोगको निर्णयलाई सदर गरेकाले साहको मु’द्दामा उक्त नजीरले काम गर्ने स्वतः देखिन्छ ।