क्रिकेटर सन्दीप लामिछाने छुट्ने भएका छन् । आज उच्च अदालत पाटनले लामिछानेलाई धरौ’टीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजला’सले लामिछानेलाई २० लाख रुपैयाँ धरौ’टीमा रि’हा गर्न आदेश दिएको हो ।
लामिछानेले विदेश भने जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । एक नाबा’लिकालाई बला’त्कार गरेको अभियो’गमा जिल्ला अदालत काठमाडौंले उनलाई पु’र्पक्षका लागि थु’नामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरु’द्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
तर सन्दीपविरु’द्धको बला’त्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरज’स्ती कर’णी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा कि’टानी जा’हेरी परेको थियो ।
प्रहरीका अनुसार काठमाडौंको एक कलेजमा प्लस टु अध्ययनरत पी’डित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो ।
सामाजिक सञ्जालमार्फत लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेको पीडि’तको भनाइ थियो । लामिछाने त्यसबेला टी–२० सिरिज खेल्न केन्या जाने तयारीमा थिए ।
अघिल्लो दिन ५ भदौमा नयाँ बानेश्वरस्थित होस्टलबाट लिएर भक्तपुर दरबार स्क्वायरबाट नगरकोटसम्म लगेको पीडितको बयान छ । नियतवश नगरकोटमा धेरैबेर अल्मल्याएर अवेर मात्र काठमाडौं फर्काएको उनको भनाइ थियो ।