बालबालिकाका लागि को’भिड–१९ वि’रुद्धको खो’प दुई महिनाभित्र लगाउन सुरु गर्ने सरकारले दाबी गरेको छ ।
हाल खरिद प्रक्रियामा रहेको फाइजरको ६० लाख डोज खो’प डिसेम्बरदेखि मार्चभित्र आउन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
कोभाक्स सुविधामार्फत ‘कस्ट सेयरिङ’ अन्तर्गत खरिद गरिने ४० लाख डो’ज मोडर्ना पनि मार्चभित्र आउने सरकारी दाबी छ ।
औ’षधि व्यवस्था विभागले शून्यभन्दा तलको तापक्रममा भण्डारण गर्न सकिने फाइजरलाई ५२ दिनअघि र मोडर्नालाई ४५ दिनअघि आ’कस्मिक उपयोगका लागि अनुमति प्रदान गरिसकेको छ ।
‘ठ्याक्कै मिति नतोकिए पनि नोभेम्बर–डिसेम्बरदेखि सन् २०२२ को मार्चसम्म फाइजर र मोडर्नाको सबै खो’प भित्रिने अपेक्षा गरिएको छ,’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार प्राडा आरपी बिच्छाले भने,
‘कुनै असामान्य घ’टना नभए डिसेम्बरको अन्त वा नयाँ वर्षदेखि अप्रिलको अन्त्यसम्म १२ देखि १७ वर्षका करिब ३५ लाखलाई खो’प लगाइनेछ ।’ सरकारी तथ्यांकअनुसार मुलुकभर उक्त उमेर समूहमा ३४ लाख २५ हजार ४ सय ८ जना छन् ।
हाल शून्यभन्दा कम ६० देखि ९० डिग्री सेल्सियस ‘अल्ट्रा लो टेम्परेचर स्टोरेज’ क्षमता भएको फ्रिजमा करिब १ लाख डोज फाइजरको खोप राख्न मिल्ने गरी ४ वटा फ्रिज खो’प शाखासँग छ ।
खो’प लगाउने बेलामा भने यसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राखिन्छ । गाभीका अनुसार नखोलिएको खो’पको भाइललाई २ देखि ८ डिग्री तापक्रमको सामान्य रेफ्रिजेरेटरमा ५ दिनसम्म राख्न सकिन्छ ।
मोडर्ना खोप शून्यभन्दा कम २५ डिग्री सेल्सियस तल्लो तापक्रममा राखिने भएकाले त्यति समस्या नभए पनि हाल शून्यभन्दा तल्लो तापक्रममा खोप राख्न मिल्ने फ्रिज पथलैयामा आएको मन्त्रालयका सहप्रवक्ता दाहालले जानकारी दिए ।
अत्यन्त न्यून तापक्रममा राख्नुपर्ने मोडर्ना र फाइजरको खो’प एकैपटक नल्याई आवश्यकताअनुसार क्रमशः आपूर्ति हुने भएकाले भण्डारणमा खासै स’मस्या नहुने सरकारको भनाइ छ ।
डिसेम्बरसम्म एकदेखि दुई लाख डोज आउन सक्ने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताए । ‘मोडर्ना आएको दुई साताभित्र बालबालिकालाई लगाउन सकिन्छ,’ उनले भने ।
१२ वर्षभन्दा माथि उमेर समूहमा को’भिड रोकथाम गर्न फाइजर खो’प प्रभावकारी छ । यो खो’प लिएको दुईदेखि तीन सातापछि को’भिडवि’रुद्ध शरीरमा सुरक्षा उत्पन्न हुन थाल्छ ।
फाइजरको दुई डोज ३ देखि ६ साताको अन्तरमा लगाउनुपर्छ । यो खो’पमा कुनै जीवित भाइ’रस हुँदैन । मोडर्ना खो’प भने ४–६ साताको अन्तरालमा दुई डोज लगाउनुपर्छ । यसमा पनि कोभिडको जीवित भाइ’रस हुँदैन ।