नर्वे भिसाका लागि पर्यटन बोर्डको कागजात कि’र्ते गरेको प्र’करणमा आफ्नो नाम मुछिएपछि तीन कलाकार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सम्पर्कमा पुगेका छन् ।
अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र निर्देशक दीपकप्रसाद आचार्यले शुक्रबार महाराजगन्जस्थित ब्युरोको कार्यालयमै पुगेर आफ्नो नामको दुरुप’योग भएको भन्दै जाहे’री दिएका छन् ।
‘आफ्नो नामको दुरुप’योग भएको भन्दै यसको सत्यतथ्य छा’नबिन होस् भनेर उनीहरूले जाहे’री दिएका छन्,’ सिआइबी प्रमुख एआइजी उत्तमराज सुवेदीले भने, ‘यो घटनाको अन्तर्य र नियतबारे अहिले नै केही भन्न सकिन्न । हाम्रो छान’बिन सुरु भइसकेको छ । चाँडै निष्कर्षमा पुग्नेछौँ ।’
दुई साताअघि नर्वेजियन दूतावासमा ‘ब्लु बर्ड एच डी’ नामक चलचित्र निर्माण कम्पनीमार्फत ‘तिम्रो नजर’ नामक फिल्मको सुटिङ प्रयोजनका लागि भन्दै १४ जना व्यक्तिको भिसा माग गरिएको थियो । जसमा भिसा उपलब्ध गराइदिन आग्रहसहित नेपाल पर्यटन बोर्डकोे सिफारिसपत्र थियो ।
दुईवटा म्युजिक भिडियो सुटिङ गर्न जाने भनेर मसँग पासपोर्ट मागिएको हो । मलाई गुमराहमा राखेर पराजुलीले पासपोर्टको दुरुप’योग गरेको रहेछ ।
सिफारिसपत्रमा शंका लागेपछि दूतावासले अघिल्लो साताको बुधबार प्रमाणीकरणका लागि बोर्डलाई इमेल लेखेको थियो । उक्त पत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीको हस्ताक्षर, बोर्डको लेटरप्याड र छाप कि’र्ते गरेको पाइएपछि बोर्डले सिआइबीलाई गहिरिएर अनुसन्धान गर्न पत्राचार गरेको थियो ।
भिसा आवेदनमा केकी, आर्यन र दीपकबाहेक अरू नाम कला क्षेत्रका लागि अपरिचित नाम छन् । प्रारम्भिक अनुसन्धा’नमा फिल्मको निर्माता बनेर भिसा आह्वान गरेका रोशन पराजुलीले सुटिङको बहानामा फिल्म प्राविधिक बनाएर अन्य व्यक्तिलाई नर्वे पुर्याउन खोजेको देखिए पनि पराजुली प’क्राउ पर्न नसकेकाले प्रहरी ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
भिसा आवेदनमा फिल्मको एडमिन–फाइनान्स हेडका रूपमा विक्रम बस्नेत, हेड मेकअप आर्टिस्टका रूपमा रीता सापकोटा खनाल, कोरियोग्राफरका रूपमा माजोहित अन्सारी, ड्रेस डिजाइनर दीपेन भुजेल, क्यामरापर्सनका रूपमा सरोज गुरुङ, सहनिर्माताका रूपमा भक्तबहादुर राना मगर, सहायक निर्देशकका रूपमा टेसबहादुर रन्टिजा, सिनेमाटोग्राफरका रूपमा राजु गुरुङ, प्रोडक्सन कन्ट्रोलरका रूपमा लक्ष्मण आचार्य र प्रमुख लाइट म्यानका रूपमा मीनराज गुरुङको भिसा माग गरिएको छ ।
निर्माता भनिएका रोशन पराजुलीले यसअघि चर्चित भारतीय गायक मिका सिंहको स्वरमा आर्यन सिग्देलदेखि पल शाह र दुर्गेश थापालाई अभिनय गराई ‘बोतलको बिर्को’ बोलको म्युजिक भिडियो निर्माण गरेको देखिन्छ । युट्युबमा यो गीत अहिलेसम्म १० लाखभन्दा बढीपल्ट हेरिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।