राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनको उम्मेदवारी विषयलाई लिएर मंगलबार निर्वाचन आयोगमा उ’जुरी प(यो ।
नेपाली नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै लामिछानेवि’रुद्ध राजकुमार पाण्डेले उम्मेदवारी खारेजी माग गर्दैै निर्वाचन अधिकृत कार्यालयमा उजु’री दिएका हुन् ।
उजुरी परेलगतै आयोगले ‘लामिछानेलाई उम्मेदवारी खारेज किन नगर्ने ?’ भनेर स्पष्टीकरण सोध्यो । त्यसको जवाफ लामिछानेले दिइसकेका छन् । यद्यपि, उनको नागरिकता वैधता विषयमा भने आयोगले निर्णय गरिसकेको छैन ।
लामिछानेले पहिलोपटक २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता निकालेका थिए । अमेरिका गएपछि उनले त्यतैको नागरिकता लिएपछि ‘नेपाली नागरिकता’ खारेजी भयो ।
नेपाली नागरिकता खारेजीपछि उनले पुनः नागरिकता लिन चाहेमा पुरानो नम्बरमा नयाँ नागरिकता पाउँछन् । तर, उनले अझै पनि २०५० सालमा जारी नागरिकताले नै काम चलाइरहेका छन् । अहिले उनको सोही नागरिकताको वैधतामाथि प्रश्न उठेको हो ।
नागरिकता विवाद उठेपछि लामिछानेले सामाजिक सञ्जालमा आफू’दयगत भएको टिप्पणी लेखेका छन्, ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोगपत्रमा अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौंडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायाधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भई सेटल भइसकेपछि फेरि कति पटक स्पष्टीकरण दिनुपर्ने हो ?’
फेसबुक लाइभमा लामिछानेले ‘आत्मह’त्या दुरुत्साहनसम्बन्धी अभियोगका बेला विवेचना भएको’ दाबीसमेत गरे । उनले बुधबार नै चितवन–२ मा कोणसभा गरेर ‘आफूविरु’द्ध ष’ड्यन्त्र भइरहेको’ दाबी गरे । तर, निर्वाचन आयोगमा उनले पेस गरेको नागरिकता विद्यमान नागरिकता कानुनअनुसार निष्क्रिय भइसकेको छ ।
लामिछानेको नागरिकता विवाद उठ्दा पहिलो कुरा उनले ‘अमेरिकी नागरिकता लि“दा नेपाली नागरिकता त्यागेका थिए कि थिएनन् ?’ भन्ने प्रश्न उठ्छ । अमेरिकी नागरिकता लिइसकेपछि नेपाली नागरिकता स्वतः खारेज हुनेछ । किनकि, दोहोरो नागरिकता लिन पाइने व्यवस्था छैन ।
लामिछानले नेपाली नागरिकता त्यागेको जानकारी नदिएर अमेरिकी नागरिकता लिएको भए उनको इमानदारितामाथि प्रश्न उठाउन सकिन्छ । दोस्रो उनले बारम्बार ‘आफूले अमेरिकाको नागरिकता त्यागेको’ बताउँदै आएका छन् । तर, अमेरिकी कानुनअनुसार उनले ‘नागरिकता त्याग प्रक्रिया पूरा गरेर प्रमाणपत्र प्राप्त गरेका छन् कि छैनन् रु’ भन्ने प्रश्न उठ्छ ।
रवि लामिछानेले भने ‘अमेरिकी नागरिकता त्याग गरेको’ बारम्बार दाबी गर्दै आएका छन् । त्यसअनुसार उनले प्रक्रिया सुरु गर्नका लागि आवश्यक दस्तुर २ हजार ३ सय ५० अमेरिकी डलर सन् २०१८ मा तिरेको रसिद सार्वजनिक भएको छ । राजधानी दैनिकमा खबर छ ।