नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ । दलको नेता चुन्न आज बुधबार मतदान हुँदै छ । कांग्रेसभित्र दलको नेताको यो निर्वाचनसँगै पुराना समूहमा ‘वि’द्रोह’समेत भएको छ ।
कांग्रेस संस्थापन समूहबाट सभापति देउवा र संस्थापनइतर समूहबाट महामन्त्री थापा एक्ला उम्मेदवार बनेका छन् । इतर समूहबाट १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालाले ‘दलको नेतामा प्रस्ताव गरे’सँगै थापा सो समूहबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
महामन्त्री थापालाई दलको नेतामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएका छन् । उनी १४औं महाधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीको उम्मेदवार बन्दै निर्वाचित बनेका थिए । सिंह भने देउवासँगै छन् ।
शर्माले थापालाई दलको नेतामा सघाएसँगै सिंह समूहमा ‘वि’द्रोह’ भएको छ । शर्मा थापालाई दलको नेता बनाउन समर्थक नै बसेका छन् ।
यसैगरी, १४औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाको साथ पाएर देउवा समूहबाटै महामन्त्रीको उम्मेदवार बनेका प्रदीप पौडेलले पनि ‘टिम’ वि’द्रोह गर्दै थापाकै पक्षमा खुलेका छन् । मंगलबार महामन्त्री शर्मा र नेता पौडेल थापाको दलको नेताको उम्मेदवारी घोषणामा पुगेका थिए ।
शर्मा र पौडेल थापाको पक्षमा खुलेसँगै कांग्रेसको आन्तरिक समीकरण नै फेरबदल हुने अवस्था आएको छ । अबका केही दिनमा कांग्रेसभित्र नयाँ समीकरणले सभापति देउवालाई थप दबाब दिने अवस्था देखिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।