स्थान: नवलपरासमा रहेको चौधरी ग्रुपको कारखानाको गेट
समय : रातको २ बजे
मिति : केही वर्ष अघि हुनुपर्छ ।
गेट बाहिर बिनोद चौधरी र भित्र सेक्युरिटी गार्डबीचको संवाद चलिरहेको छ ।
बिनोद चौधरी : भाइ, गेट खोल त, म बाहिर आइपुगेको छु ।
सेक्युरिटी : यति राती तपाईं त के बिनोद चौधरी नै आए पनि गेट खोल्दिन मैले ।
बिनोद चौधरी : म बिनोद चौधरी नै हो के भाइ । गेट खोल न खुरुक्क ।
सेक्युरिटी : मलाई दिउँसो खबर कसैले गरेको छैन । यति राती बिनोद चौधरी नै भए पनि तपाईंलाई मैल भित्र आउन दिन्नँ । सेक्युरिटीसँग केही सीप नलागेपछि उद्योगपति बिनोद चौधरी त्यस रात होटलमा गएर सुते । केही दिनपछि काठमाडौंको चौधरी ग्रुप केन्द्रीय कार्यालयमा त्यो गार्डलाई उपस्थित गराइयो ।
बिनोद चौधरी : तिमीले त्यस दिन मलाई किन गेट नखोलेको : म आफैं बिनोद चौधरी हो भनेपछि खोल्नु पर्दैन रु पत्यार लागेन तिमीलाई म आएको थिएँ भनेर ?
सेक्युरिटी स् हैन, मलाई तपाईं नै हो भन्ने थाहा भएर पनि नखोलेकै हो । कम्पनी तपाईंको भए पनि ड्युटी मेरो थियो त्यस रात । राती आउने व्यक्तिलाई छिर्न नदिनु मेरो कर्तव्य थियो । मैले खोलिन गेट । यसमा मलाई अलिकति पनि पछु’तो छैन ।
यो संवादपछि बिनोद चौधरी ती सेक्युरिटी गार्डसँग अत्यन्त प्रभावित भएर उसलाई मनग्गे तलब दिएर काठमाडौंमा आफू बस्ने घरमा सेक्युरिटी राखे रे । अहिले पनि ती सेक्युरिटी गार्ड चौधरीकै घरमा छन् र चौधरीका विश्वासपात्र मान्निछन् ।
झन्डै ६ महिना अघि एक मित्रले मलाई नवलपरासीमै यो कथा सुनाउनुभएको थियो । कथामा कति सत्यता छ, म जान्दिनँ । तर मलाई यो कथा घत लागेको रहेछ । ६, ७ महिनादेखि बिर्सेको रहेछु । अहिले शेरजङ्घ गुरूङको घटना बाहिर आएपछि यो कथा फ्याट्ट दिमागमा आएर बस्योे ।
शेरजङ्घ गुरूङजी , तपाईंले त देख्नुभएन तर अहिले मेरो कम्प्युटर स्क्रीनमा तपाईंको तस्वीर हेरेर तपाईंलाई सेल्युट गरेँ मैले !!
अब सडकमा दादागिरी देखाएर हिँड्ने, रातो ब’त्तीलाई मतलब नगर्ने केही थान मन्त्रीका गाडीलाई रोकेर यसैगरी कार’बाही गर्न सक्ने केही प्रहरी र ट्रा’फिकको समाचार पढ्न रहर छ !!! -अच्यूत घिमिरे