लाखौं फलोअर्स भएका केही पेजहरुले हालेपछि भाइरल भएको तस्बिरले तरंग फैलाएको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेसँग जोडेर अर्कै युुुवतीको फोटो जताततै फैलिन थालेको छ ।
तर, तस्बिरको वास्तविकता अर्कै छ । सामाजिक सञ्जालमा सन्दीपविरु’द्ध ब’लात्का रको आ’रोप लगाउने किशोरी भन्दै असम्बन्धित तस्वीर भाइरल बनाइएको हो ।
आफ्नो तस्बिर दुरु’पयोग गरिएको भन्दै भाइरल भएकी युवतीले सा’इबर ब्यू’रोमा उजु’री दिएकी छिन् । ब्यू’रो स्रोतका अनुसार युवतीले केही दिनअघि निवेदन दिएकी छिन् ।
उनले सामाजिक सञ्जालमा प्रयोग भइरहेको तस्बिर तथा त्यसमा आएका गा’लीग’लौजको स्क्रिनसटसहित निवेदन दिइएको बुझिएको छ ।
आफूले सन्दीपवि’रुद्ध कुनै आ’रोप नलगाएको भन्दै बिनाकारण ब’दनाम गर्न खोजिएको ती युवतीले गुनासो गरेकी छन् । यसमा संल’ग्नहरुलाई का’नुनी कार’बाहीको दा’यरामा ल्याउन उनको माग छ ।
गत मंगलबार एक १७ वर्षीया किशोरीले सन्दीपवि’रुद्ध ब’ला त्कारको आ’रोप लगाउँदै महानगरीय प्रहरी वृत्त गौशालामा जा’हेरी दिएकी थिइन् । त्यसको दुई–तीन दिनपछि केही फेसबुक ग्रुपहरुले जाहे’रीकर्ता किशोरी भन्दै एउटा तस्बिर सार्वजनिक गरेका हुन् ।
नेपालको कानून अनुसार यसै पनि यस्तो घटनामा जाहे’रीकर्ताको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन । त्यसमाथि यसरी सार्वजनिक गरिएको तस्बिर सम्बन्धित व्यक्ति नभएको एक प्रहरी अधिकृतले बताए ।
सार्वजनिक भएको तस्बिरको पृष्ठभूमि हेर्दा विदेशमा खिचिएको जस्तो देखिन्छ । जबकी जाहे’रीकर्ता किशोरी विदेश कहिल्यै नगएको प्रहरी स्रोतको भनाइ छ ।
सन्दीपले भदौ ५ र ६ गते राति गौशालास्थित एक होटलमा आफूमाथि ज’बर्जस्ती क’रणी गरेको भन्दै १७ वर्षीय नाबालिगले भदौ २१ मा गौशाला प्रहरी वृत्तमा उ’जुरी दिएकी छन् ।
सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसिया गएका थिए । उनी त्यहाँबाट फर्किसकेको चर्चा चलेपछि आधिकारीक जानकारी आएको छैन ।
राष्ट्रिय टोलीसँगै टी–ट्वान्टी खेल्न केन्या पुगेका सन्दीप उतैबाट सेन्ट लुसिया पुगेका थिए । विभागको का’लोसूचीमा परेका लामिछाने नेपाल प्रहरीको खोजीमा छन् । तर, स्रोतले बाहिर प्रचार नभएपनि सन्दीप भारत हुँदै नेपाल आइसकेको दाबी गरेको छ ।