काठमाडौँ बागबजारस्थित एक कलेजमा प्लस टुु मा अध्ययनरत नुुवाकोटकी एक १७ वर्षीया बालिकाद्धारा ब लात्का’रको आ’रोप लागेका सन्दीप लामिछाने वि’रुद्ध प्रहरी वृत्त गौशालाबाट अनुसन्धान अगाडि बढाइएको छ । पी’डितको जा’हेरीपछि प्रहरीले सन्दीप विरु’द्धका प्रमाण संकलन गरिसकेको छ ।
आ’रोप लागेपछि सामाजिक सञ्जालमार्फत सन्दीपले छिट्टै नेपाल फर्किने बताए पनि करिब एक महिनापछि मात्रै उनी नेपाल आएका हुन् । प्रहरीले सन्दीपलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नि’यन्त्रणमा लिएको थियो । उनी कतारको दोहाबाट कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं उत्रिएका थिए ।
होटेलका कर्मचारीको ब’यान, ती ना’बालिगको बयान, घट’नास्थलको अवस्था, सीसीटिभी फुटेजलगायत अरू प्राविधिक प्रमाण प्रहरीले संकलन गरेको छ । प्रायः प्रमाण पुष्टि हुने अवस्थाकै रहेको स्रोत बताउँछ ।
काठमाडौंका एक उच्च प्रहरी अधिकारीका अनुुसार प्रमाणले सन्दीप उ’म्किने अवस्था देखिँदैन । उनले भने, “हामीले संकलन गरेको प्रमाणले सन्दीप उ’म्किने अवस्था देखिँदैन । उनको क’सुर प्रमाणित हुने पर्याप्त प्रमाण देखिन्छन् । सन्दीपबाट पनि थप कुरा खुल्न सक्छ ।”
यसैबीच, लामिछानेलाई शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भेट गरेका छन् । प्रहरी स्रोतका अनुसार गौैशाला प्रहरी वृ’त्तको हि’रासतमा रहेका लामिछानेलाई भेट्न अध्यक्ष चन्द शुक्रबार बिहान पुगेका हुन् ।
सो भेटका अवसरमा लामिछानेले आफूलाई फ’साइएको भन्दै कानु’नी लडा’ईँ लड्ने’ चन्दलाई बताएका थिए । स्रोतका अनुसार चन्दसँग सन्दीपले भनेका थिए, ‘म नि’र्दोष छु । मलाई फ’साइयो । अब का’नुन अनुसार ल’ड्छु । क्यानले सक्ने सहयोग गर्नुपर्छ ।’
सीपीएल खेल्न जमैकामा रहेका बेला नेपालमा सन्दीपमाथि ब’लात्का र आरोपमा प्रहरीमा उजु’री परेको थियो । आरोप लागेपछि सामाजिक सञ्जालमार्फत सन्दीपले छिट्टै नेपाल फर्किने बताए पनि करिब एक महिनासम्म नआएपछि नेपाल प्रहरीले इन्ट’रपोल गु’हारेको थियो । इ’न्टरपोलमार्फत् डि’फ्युज नो’टिस जारी भएपछि सन्दीपले नेपाल आएर प्रहरी समक्ष आ’त्म श’मर्पण गरेका हुन् ।