नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने केन्द्रीय कारा’गार सुन्धारा चलान भएका छन् । शुुक्रबार काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई केन्द्रीय का’रागार सुन्धारा लगेको हो ।
केहीबेरअघि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मु’द्दाको अन्तिम किनारा नलाग्दासम्म उनलाई थु’नामा राख्न आदेश दिएको थियो ।
लामिछानेलाई सुन्धारा कारा’गारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले नयाँ पत्रिकालाई बताए । गत २० असोजमा पक्राउ परेका लामिछानेविरु’द्ध १४ कात्तिकमा मु’द्दा दायर भएको थियो ।
वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरो’पित लामिछानेलाई मु’द्दाको किनारा नलागेसम्म पु’र्पक्षका लागि जे’ल च’लान गर्न आदेश दिएका हुन् ।
‘मु’द्दाको किनारा नलागेसम्म आरो’पितलाई थु’नामा राख्न आदेश भएको छ,’ काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले भने । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरु’द्ध १० देखि १२ वर्ष सम्म कै’द र पीडितलाई अ’भियुक्तबाटै यथोचित क्ष’तिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मु’द्दा दायर गरेको थियो ।
लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर ज’बर्जस्ती क’रणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जा’हेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरु’द्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।