क्रिकेटर सन्दीप लामिछाने पु’र्पक्षका लागि थु’नामा पठाइएका छन् । लामिछानेको मु’द्दामा थुन’छेक बहस सकिएपछि उनलाई पु’र्पक्षका लागि थु’नामा पठाउने आदेश भएको हो।
यता, घटनामा किशोरीलाई गलत देख्नेहरुले ति किशोरीले सन्दीपको सम्पत्ति देखेर षडय’न्त्र गरेको भन्छन् । तर, सन्दीपको बैंक खातामा भने जम्मा ६५ हजार रुपैयाँ मात्र फेला परेको छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले एनआईसी एसिया बैंकको खातामा रहेको उक्त रकम रोक्का गर्न माग गरेको छ।
आईतवार लामिछाने विरु’द्ध मु’द्दा दर्ता गर्ने क्रममा उनको खातामा रहेको नगद तथा चितवन– ७ कल्याणपुरमा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ छ।
लामिछानेवि’रुद्ध जिल्ला अदालतमा १२ वर्ष कैद स’जाय माग गर्दै मु’द्दा दर्ता भएको छ। क्ष’तिपूर्ति प्रयोजनका लागि लामिछानेको चलअचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ । सरकारी वकिलको कार्यालयले संवेदनशील प्रकृतिको मु’द्दा भएकाले बन्द इजलासमा राखेर गोपनीयता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि इजलाससमक्ष माग गरेको छ।
ज’बरजस्ती क’रणीको आरो’पसहित यसै साता सरकारी वकिलहरूले लामिछानेविरु’द्ध मु’द्दा दायर गरेका थिए।
लामिछानेलाई मुलुकी अप’राध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कै’द स’जाय हुनुपर्ने माग गरिएको काठमाण्डौ जिल्ला अदालतले जनाएको छ।
सरकारी वकिलको कार्यालयले पीडितलाई क्ष’तिपूर्ति स्वरूप पाँच लाख रुपैयाँ दिनुपर्ने माग दाबी पनि गरेको छ।