राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमा पनि बल र ब्याटप्रतिको मोहमा कुनै कमी आएको छैन । उनी अहिले जे’लभित्रै पनि क्रिकेट खेल्न थालेका छन् ।
सुन्धारास्थित भद्र ब’न्दीगृहभित्र रहेको खेल मैदानमा कै’दी ब’न्दीसँग उनी क्रिकेट खेल्ने गरेका छन् । सन्दीपको यो रुचिमा अन्य कैदीबन्दी र जेल प्रशासनको पनि सहयोग छ ।
जिल्ला अदालतको आदेशमा गत १८ कात्तिकमा सन्दीप सुन्धारास्थित का’रागार चलान भएका थिए । का’रागार स्रोतका अनुसार त्यसको भोलिपल्टै उनले अन्य कै’दीबन्दीसँग क्रिकेट खेलेका थिए । जे’लभित्र टेनिस बलमा क्रिकेट खेल हुने गरेको छ । सन्दीप पनि टेनिस बलमै खेल्छन् ।
केन्द्रीय का’रागारका जेलर ईश्वर पाण्डेका अनुसार भद्र र केन्द्रीय का’रागार दुवैमा खेल मैदान छ । ‘त्यहाँ फुटबल, क्रिकेट र टेबुल टेनिस लगायत खेल हुन्छन्,’ उनले भने, ‘वेला वेला आन्तरिक प्रतिस्पर्धासमेत हुने गरेको छ ।’
भद्र ब’न्दी गृहमा करिब एक हजार कै’दीबन्दी छन् । सन्दीप रहेको हलमा करिब ६५ जना कै’दीबन्दी छन् । जे’लभित्र चौकीदारको नेतृत्वमा कैदीबन्दीकै आन्तरिक प्रशासन हुन्छ ।
सोही प्रशासनले खानेदेखि खेलकुद सम्मका नियम बनाई लागू गर्दछ । जे’लभित्र सबैका लागि सेवा–सुविधा समान हुने जे’लर पाण्डे बताउँछन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।