क्रिकेटर सन्दीप लामिछानेको भेरिफाइड अकाउन्टबाट बिहीबार ट्विट गरेको देखिएको छ । उनी नाबालिग ब”लात्कारको अभि’योगमा पु’र्पक्षका लागि केन्द्रीय कारा’गारमा रहेका छन् ।
तर,उनकै भेरिफाइड अकाउन्टबाट बिहीबार ट्विट भएसँगै जे’लमा नि ट्विटर चलाइन्छ कि भन्दै धेरैमा चाँसो देखिएको छ ।
उनको अकाउन्टबाट गरिएको ट्विट ट्विटर एनिभर्सरी बारे थियो। अधिकांश कमेन्टमा जे’लमा भएकाले कसरी ट्विटर चलाए भनेर आश्चर्य व्यक्त गरे। कतिपयले सन्दीपलाई मिस गरेको लेखे। कतिले अब जे’ल एनिभर्सरी मनाउनु लेखेका छन्।
उनको नामको भेरिफाइड अकाउन्ट उनले जे’लभित्रबाटै चलाए की अन्य कसैले ट्विट गरिदियो ? जे’लमा मोबाइल अनि इन्टरनेट चलाउन पाइँदैन। समय मिलाएर आफन्तलाई कल भने गर्न पाइन्छ त्यो पनि ल्याण्ड लाईनबाट। त्यसैले उनी आफैले ट्विट गर्न सम्भव देखिन्न।
अरू कसैले उनको ह्यान्डल चलाएको पनि हैन। ट्विटरमा प्रवेश गरेको वर्ष गणनासहितको ट्विट ट्विटरले आफैँ गरिदिएको हो। यसलाई बुट पनि भनिन्छ।