पछिल्लो समय शिक्षण पेसा प्रवेशको ढोका मानिने नेपालका विश्वविद्यालयहरुका शिक्षाशास्त्र, विज्ञान लगायतका संकायहरुमा अध्ययन गरेका विद्यार्थीको शैक्षिक गुुणस्तर खस्किएको आशंका गरिएको छ । हालै सार्वजनिक माध्यमिक तह तृतीय श्रेणीको नतिजाले विज्ञहरुलाई चिन्तनको लागि ठाउँ खाली गरेको छ ।
शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको खुलामा १ हजार ५५२ पदका लागि विज्ञापन गर्दा १ हजार १८२ जना मात्र शिक्षक सिफारिश भए। जसअनुुसार ३७० जना शिक्षकको कमी देखियो ।
शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार ३ हजार ७७४ जना परीक्षार्थीले आयोगको जाँच दिएका थिए। शिक्षक सेवा आयोगका सूचना अधिकारी मरहठ्ठाले थोरै सिफारिश भएकाहरूको पुनः सोही समूहगत रुपमा विज्ञापन गर्ने बताए।
‘परीक्षार्थीहरू भने आयोगको प्रश्नपत्र निर्माणमा त्रुटि देखिने गरेको गुनासो गर्छन्। तर शिक्षक सेवा आयोगका सूचना अधिकारी मरहठ्ठा भन्छन्, ‘पहिला कतिपय सामान्य परीक्षामै पास भएनन्।
एक त टियूले कस्तो जनशक्ति उत्पादन गर्यो ? भन्ने पाटो छ, अर्को तर्फ परीक्षार्थीहरूले विषयगतको तथ्यगत रुपले पढ्न सकेनन्, तयारी कम भएको देखिन्छ।’
उनले प्रश्नपत्र निर्माणमा कुनै त्रुटि नभएको दाबी गरे। ‘सिलेबसले जे माग गरेको छ, त्यहीभित्र रहेर प्रश्नपत्र निर्माण र परीक्षा हुन्छ,’ उनले भने।
हेर्नुुहोस् प्रदेशगत रुपमा सिफारिस भएका बिषयगत शिक्षकको संख्याः