एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल विजयी भएको छ । युएईलाई हराउँदै नेपालले तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला हात पारेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको तेश्रो तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले श्रृंखला २-१ हात पारेको हो ।
जितका लागि युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभर ४ विकेट गुमाउँदै १८० रन बनाएर पुरा गर्यो । नेपालको जितका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ्ग गर्दै अर्धशतकीय इनिङ्ग खेले । आशिफले ११९ बलमा १२ चौकासहित ८८ रन जोडेर अविजित रहँदा ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्काको मद्दतले ६४ रन जोडे ।
कप्तान रोहित पौडेल १६ बलमा १ चौकासहित १० रन जोडर आउट हुँदा अर्जुन साउदले ९ रन जोडे । युएईका लागि हजरत बिलाल र आयान अफजल खानले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रनको कुल योगफल तयार पारेको थियो । युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्ग खेल्दा हजरत बिलालले अविजित २० रन बनाए ।
यस्तै अलिशन शराफुले ३३, रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन जोडे । बलिङ्गमा नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २र२ विकेट हात पार्दा सोमपाल कामी र ललित राजवंशीले १र१ विकेट लिए ।
यससँगै नेपाल तीन खेलको श्रृंखला २-१ जित्न सफल भएको छ । यसअघि पहिलो श्रृंखलामा युएई ८४ रनले विजयी भएको थियो । नेलाले दोश्रो श्रृंखला ३ विकेटको जितको थियो ।
सन्दीपको अभाव
खेलमा पूूर्व कप्तान सन्दीप लामिछानेको अभावसमेत खड्किएको छ । लामो समयदेखि नेपाली टीमका प्रमुख हतियार बनिरहेका बलर सन्दीप लामिछाने टीममा थिएनन् ।
प्रमुख फास्ट बलरहरू सोमपाल कामी र करण केसी फेल हुँदा नेपाललाई सन्दीपको खाँचो परेको थियो । स्पिनरको भूमिकामा ललितसिंह राजवंशीले सक्दो मिहिनेत गरे पनि सन्दीपको जस्तो धार नहुँदा विकेट लिन सकेनन् । बरु अलराउन्डर दिपेन्द्र सिंह ऐरीले कसिलो बलिङ गरे ।