अभिनेता तथा निर्देशक निश्चल बस्नेतले काठमाडौंका नगरप्रमुख बालेन शाहले नमस्कार गर्दा नमस्कार नफर्काएको एक भिडियो भाइरल बनेको छ । सो भिडियो टिकटकमा भाइरल भए लगत्तै गालीको बर्सात हुन थालेपछि बस्नेतले स्पष्टीकरण दिएका छन् ।
भाइरल भइरहेको उक्त भिडियो बालेन नगरप्रमुख हुनु अघिको भएको बस्नेतको भनाई छ । टिकटक भिडिओका आधारमा आफूलाई जथाभाबी गा’लीगलौज आउन थालेपछि उनले स्पष्टीकरण लेख्न बाध्य भएको बताएका छन् ।
उनले कसैको चरित्र ह’त्या गर्नु कति सजिलो भएको छ है आजकल भन्दै कुनै पनि कुराको वास्तविकता बुझ्न आग्रह गरेका छन् । उनले लेखेका छन्-
कसैको चरित्र ह’त्या गर्न कति सजिलो भएको रै’छ आजकल। भिडियो क्लिप निकाल्यो, आफूलाई मन लागेको टेक्स्ट लेख्यो अनि सुरु हुन्छ खेला । गा’ली गलौच गर्नलाई औँला चिलाइहल्छ। ‘खा’ते काले, चु’तिया , इज्जत गर्न नसक्ने , खै के जी , तेरो फिल्म बहि’ष्कार गर्नु पर्छ, यस्ता पनि कलाकार रे। ’
यस्तै अनेकौँ। अझ कडा शब्दहरू। बालेनले गरेको नमस्कार मैले नफर्काएर बेवास्ता गरेँ भन्दै टिकटकमा एउटा भिडियो भाइरल हुँदै रहेछ । साथीभाइले र आफन्तले पनि प्रश्न गर्न थाले के गरेको तैँले भन्दै । त्यही भएर लेख्दै छु ।
बालेनलाई नगरप्रमुख बनाउने अभियान चलिरहेको बेलाको कथा हो त्यो। ‘चिसो एस्ट्रे’ को प्रिमियरको समय । ७,८ महिना अगाडिको भिडियो हो त्यो ।
बालेन र मेरो भेट अगाडि नै भएर सँगसँगै थियौँ। अरू चिनजान भएका साथीहरू आउँदा उनले अरूलाई, मैले अरूलाई अभिवादन गरिरहेका थियौँ। कथा सकियो ।
हाम्रो मेयरज्यू लाई मैले सम्मान गरिन रे । त्यही भएर म सबै प्रकारका घृणित म्यासेजहरूको हकदार छु हैन त रु सत्य के हो मतलब भएन। गा’ली गर्न पाएपछि पछि हट्नु हुन्न है । धन्यवाद ।