क्रिकेटर सन्दीप लामिछानेको घटनामा जोडिएकी किशोरी १८ वर्ष उमेर पुगिसकेको कागजपत्र भने नुवाकोटको स्थानीय तहबाट जिल्ला अदालतमा पुगेको छ ।
युवतीको नागरिकताको उमेरका आधारमा उनी १८ वर्ष पुगेको देखिदैन । तर, जन्मदर्तामा भने उनी १८ वर्ष पुगेको देखिएको छ ।
यसका आधारमा सन्दीपलाई केही सजा’य कम हुन सक्ने तर सफाई पाउने सम्भावना भने कम देखिएको एक कानून व्यवसायी बताउँछन् ।
उनको मु’द्धामा जिल्ला अदालतले फास्ट ट्रयाकमा सुनुवाईको तयारी गरेको छ । मु’द्दाका सबै प्रक्रिया टुंगाएर फैसलाको तयारी भइरहेको जिल्ला अदालत, काठमाडौं स्रोत बताउँछ ।
छिटो फैसला आएपनि सन्दीपलाई कुनै सुखद अपेक्षा छैन । किनकि, पीडित युवतीले जा’हेरीमा भन्दा चर्को बकपत्र अदालतमा गरेकी छिन् । जसकारण सन्दीपले सफाई पाउने सम्भावना देखिएको छैन ।
गत २० असोजदेखि सन्दीप थु’नामा छन् । करिब एक महिना प्रहरी हिरासतमा बसेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारा’गार पठाएको छ । केन्द्रीय का’रागारमा उनी थु’नामा छन् ।
अदालतले दुवै पक्षका साक्षीहरुको समेत बकपत्र गरिसकेको छ । जसमा सन्दीपको पक्षमा फैसला आउने प्रमाणहरु भेटिएका छैनन् ।
गत ५ भदौमा पिंगलास्थानको एक होटलमा ब”लात्कार भएको दाबी गरिएको छ । एक युवतीसँग होटलमा बसेको सन्दीपले पनि स्वीकार गरिसकेका छन् । तर, सम्बन्ध नभएको उनको दाबी छ ।